images

२०८३ आश्विन १७ गते

images
images
images

रौतहटमा रु १२ करोड ७८ लाख लागतको सडक निर्माणको शिलान्यास

रौतहटमा रु १२ करोड ७८ लाख लागतको सडक निर्माणको शिलान्यास

images
images
बुधवार, मंसिर २४ २०८२
बुधवार, मंसिर २४ २०८२
  • रौतहट । रौतहट क्षेत्र नम्बर ४ का प्रदेश सांसद युवराज भट्टराई ‘समीर’ ले बुधवार महत्त्वपूर्ण पूर्वाधार विकास आयोजनाको शिलान्यास गरेका छन्। जिल्लाको वृन्दावन नगरपालिकाअन्तर्गत विश्रामपुर, बेनौली, नरकटिया र हर्दिया गाउँहरूलाई जोड्ने नाला सहितको कालोपत्रे सडक निर्माण कार्यको औपचारिक शुभारम्भ सांसद भट्टराईले शिलान्यास मार्फत गरेका हुन्।

    images
    images

    यो आयोजना मधेस प्रदेश सरकारको कुल १२ करोड ७८ लाख रुपैयाँ को लागतमा निर्माण हुन लागेको हो। सांसद भट्टराईले सडक तथा नाला निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाले सहज र सुरक्षित यातायात सुविधा पाउने तथा दीर्घकालीन रूपमा जलजमावको समस्या समाधान हुने अपेक्षा व्यक्त गरेका छन्।शिलान्यास कार्यक्रममा पूर्व सांसद देवेन्द्र पटेल, वृन्दावन नगरपालिकाका पूर्व मेयर राम स्नेही यादव, मेयरका प्रत्याशी प्रेमशंकर यादव, समाजसेवी रामप्रसाद पटेल लगायत स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend