images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालकमा थापा र...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालकमा थापा र अधिकारी निर्विरोध चयन

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालकमा थापा र अधिकारी निर्विरोध चयन

images
images
मंगलवार, मंसिर २३ २०८२
मंगलवार, मंसिर २३ २०८२
  • २३ मंसिर, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालकमा सर्वसाधारण सेयरधनीहरूको तर्फबाट डा‍. मनिष थापा र लीमा अधिकारी आचार्य निर्विरोध चयन भएका छन् ।बैंकको सातौं वार्षिक साधारणसभा सोमबार काठमाडौंमा सम्पन्न भएको थियो । त्यही सभाबाट थापा र अधिकारी दुवैलाई आगामी कार्यकालका लागि सञ्चालक पदमा निर्विरोध निर्वाचित गरिएको बैंकले जनाएको छ ।

    images
    images

    डा. थापा नेपालमा प्राइभेट इक्विटी क्षेत्रका अग्रणी लगानीकर्ता तथा संस्थागत व्यवस्थापकका रूपमा परिचित छन्। उनी ग्लोबल इक्विटी फण्डका कार्यकारी प्रमुखका रूपमा काम गर्दै आएका छन् भने विभिन्न लगानी प्रवर्द्धन कम्पनीहरूसँग समेत आबद्ध छन् ।लीमा अधिकारी आचार्य यसअघि पनि निफ्राको सञ्चालक पदमा कार्यरत थिइन्। साधारणसभाले पुनः जिम्मेवारी दिएकोमा उनले अब बोर्डमा निरन्तरता पाउनेछिन् ।नयाँ कार्यकालका सञ्चालकहरूले बैंकको लगानी विस्तार, पूर्वाधार परियोजना सुशासन तथा रणनीतिक साझेदारीमा ध्यान केन्द्रित गर्ने अपेक्षा रहेको बैंकले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend