images

२०८३ आश्विन २० गते

images
images
images

गत बर्ष कति बन्यो नयाँ सडक र पुल ?

गत बर्ष कति बन्यो नयाँ सडक र पुल ?

images
images
आइतवार, भाद्र ३० २०८१
आइतवार, भाद्र ३० २०८१
  • काठमाडौँ । आर्थिक बर्ष २०८०/८१ मा नयाँ सडक र पुल निर्माणमा लक्ष्यभन्दा बढी काम भएको प्रतिवेदनमा उल्लेख छ । 

    images
    images

    गत आवमा नयाँ सडक र पुल निर्माणमा लक्ष्यभन्दा बढी प्राप्ति भएको देखिएको छ । गत आवमा सरकारले देशभर १५० वटा पुल निर्माण गर्ने लक्ष्य लिएकोमा २०२ वटा पुल निर्माण भएका छन् । 

    उक्त संख्या सरकारको लक्ष्यभन्दा ५२ वटा हो । यद्यपि, यो अघिल्लो आव ०७९/८० को तुलनामा भने ९ प्रतिशतले कम हो । अघिल्लो आवमा देशभर २२२ वटा पुल बनेका थिए ।

    images
    images

    यस्तै, गत आवमा गत आवमा केन्द्रीय सडकअन्तर्गत १६७ किमि नयाँ सडक निर्माण भएको छ । यो पनि विभागको लक्ष्यको तुलनामा १११ प्रतिशतको प्राप्ति भएको हो ।

    विभागले समीक्षा वर्षमा १५० किमीबराबरको नयाँ सडक खन्ने लक्ष्य लिएको थियो । तर, त्योभन्दा १७ किमि बढी सडक निर्माण भएको प्रतिवेदनमा उल्लेख छ ।

    यद्यपि, यो अघिल्लो आवको तुलनामा ३१।२७ प्रतिशतले कम हो । अघिल्लो आवमा २४३ किमि नयाँ सडक निर्माण भएको थियो । गत आवसम्म गरेर देशभर ३४ हजार ४०६ किमि केन्द्रीय सडक विस्तार भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend