images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • आईफोनमा क्रोम वा गुगल एप नचलाउनू,...

आईफोनमा क्रोम वा गुगल एप नचलाउनू, सफारी नै सुरक्षित छ :एप्पलको चेतावनी

आईफोनमा क्रोम वा गुगल एप नचलाउनू, सफारी नै सुरक्षित छ :एप्पलको चेतावनी

images
images
सोमवार, मंसिर २२ २०८२
सोमवार, मंसिर २२ २०८२
  • काठमाडौँ । एप्पलले आफ्ना आईफोन प्रयोगकर्तालाई गुगल क्रोम प्रयोग नगर्न आग्रह गरेको छ । प्रयोगकर्ताको गोपनीयता रक्षाका लागि क्रोम असुरक्षित रहेको दाबी गर्दै एप्पलले आफ्नै सफारी ब्राउजर प्रयोग गर्न अनुरोध गरेको हो ।एप्पलले जारी गरेको एक चेतावनी अनुसार, सफारीले मात्र प्रयोगकर्ताको गोपनीयताको साँचो अर्थमा सुरक्षा गर्न सक्छ । पछिल्लो समय ‘फिंगरप्रिन्टिङ’ (Fingerprinting) नामक गोप्य ट्रयाकिङ प्रविधिको प्रयोग बढेको र यसबाट बच्न क्रोम असफल रहेको एप्पलको दाबी छ ।

    images
    images

    के हो ‘फिंगरप्रिन्टिङ’ जोखिम ?

    एप्पलका अनुसार सफारीले विज्ञापनदाता र वेबसाइटहरूलाई प्रयोगकर्ताको डिभाइसको ‘फिंगरप्रिन्ट’ वा डिजिटल छाप बनाएर ट्रयाक गर्नबाट रोक्ने काम गर्छ । सफारीले प्रयोगकर्ताको सिस्टम कन्फिगरेसनलाई सरलीकृत गरिदिन्छ, जसले गर्दा धेरै डिभाइसहरू उस्तै देखिन्छन् र ट्रयाकरहरूलाई कुनै एक व्यक्ति वा डिभाइसको पहिचान गर्न गाह्रो हुन्छ ।तर, गुगलले भने यसअघि प्रतिबन्ध लगाएको फिंगरप्रिन्टिङ प्रविधिलाई पुनः प्रयोगमा ल्याएको छ । कुकिजमा प्रयोगकर्ताले अप्ट-आउट (अस्वीकार) गर्न मिल्ने विकल्प हुन्छ । तर फिंगरप्रिन्टिङ प्रविधिमा प्रयोगकर्तासँग बच्ने कुनै विकल्प हुँदैन । यसले फोनका विभिन्न डेटाहरू संकलन गरी प्रयोगकर्ताको ट्रयाक गर्न सकिने पहिचान बनाउँछ ।

    images
    images

    गुगल एप झनै खतरनाक !

    एप्पलले क्रोम मात्र नभई गुगल एप पनि प्रयोग नगर्न सचेत गराएको छ । गुगल एपले क्रोमभन्दा पनि बढी डेटा संकलन गर्ने र त्यो प्रयोगकर्ताको पहिचानसँग जोडिने एप्पलको भनाइ छ ।सफारी प्रयोग गर्दा पनि गुगल सर्च इन्जिन डिफल्ट रूपमा रहने हुँदा गुगलले चलाखीपूर्ण रूपमा प्रयोगकर्तालाई 'ट्राई एप' (Try app) बटनमार्फत आफ्नो एपमा लैजान खोज्छ । एप्पलले गोपनीयता चाहने प्रयोगकर्ताहरूलाई उक्त नीलो बटनमा क्लिक गरेर सफारी नछोड्न सुझाव दिएको छ ।

    बजारमा क्रोमको दबदबा कायमै

    एप्पलले सफारीमा एआई बेस्ड ट्र्याकिङ प्रिभेन्सन, वास्तविक प्राइभेट ब्राउजिङ र लोकेसनको सुरक्षा रहेको दाबी गरेको छ । मोजिला फायरफक्सले पनि यस्तै सुरक्षा प्रविधि अपनाएको छ । तर गोपनीयतासम्बन्धी पटक-पटकको चेतावनीका बाबजुद विश्वभर तीन अर्बभन्दा बढी प्रयोगकर्ताले अझै पनि गुगल क्रोम नै प्रयोग गरिरहेका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend