images

२०८३ आश्विन २९ गते

images
images
images

कालिन्चोक दर्शनले बोलायो साधारणसभा

कालिन्चोक दर्शनले बोलायो साधारणसभा

images
images
आइतवार, मंसिर २१ २०८२
आइतवार, मंसिर २१ २०८२
  • कालिञ्चोक दर्शन लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको  मंसिर १८ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले आगामी पुस १५ गतेका लागि साधारणसभाको मिति घोषणा गरेको हो ।उक्त सभा काठमाडौंको गौशालास्थित बद्रीनाथ होटलमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव पारित गर्ने र सोपछि कायम हुने चुक्ता पुँजीको १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

    images
    images

    साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । त्यसैगरी सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, सञ्चालक समितिले गरेका निर्णयहरू अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा मंसिर २९ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरू मात्रै साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend