मकवानपुर, हेटौँडा, २१ मंसिर। हेटौँडा बजार क्षेत्रमा सडक विस्तारका क्रममा सडक डिभिजन कार्यालयले शनिबार बिहानदेखि सडकको केन्द्रबाट दायाँबायाँ २५ गजभित्रका घरटहरामा डोजर चलाएको छ। पहिलो दिनमा रातोमाटेदेखि मकवानपुर उद्योग वाणिज्य चोक र बुद्धचोकदेखि जिल्ला प्रहरी कार्यालयसम्मका ५३१ घरटहरा भत्काइएका छन्। यसकारण बजारमा विद्युत्, टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ।
सडक डिभिजनले मंसिर ५ गते १५ दिने सूचना जारी गरी घरटहरालाई हटाउन भनेको थियो। तर सर्वोच्च अदालतले सडक विस्तार सम्बन्धी सूचनाको कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो। त्यसबेला केही घरमा डोजर चलाइएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ र पूर्व सांसद हेटौँडा विन्दवासिनी कंसाकारले दायर गरेको रिटमा अदालतका न्यायाधीश मेघराज पोखरेलले सडक डिभिजन कार्यालयलाई यथास्थितिमा राख्न आदेश दिएका छन्।




.gif)





