images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • एसियामा दशककै ठूलो विपत्, संयुक्त राष्ट्रसङ्घ...

एसियामा दशककै ठूलो विपत्, संयुक्त राष्ट्रसङ्घ सहयोगमा सक्रिय

एसियामा दशककै ठूलो विपत्, संयुक्त राष्ट्रसङ्घ सहयोगमा सक्रिय

images
images
शुक्रवार, मंसिर १९ २०८२
शुक्रवार, मंसिर १९ २०८२
  • काठमाडाैँ । दक्षिण र दक्षिणपूर्व एसियाका विभिन्न देशहरूमा आएको भीषण बाढी र पहिरोका कारण एक हजार ५०० भन्दा बढी मानिसले ज्यान गुमाएका छन् भने करिब एक करोड १० लाख मानिस प्रभावित भएका छन् ।यस्तो कठिन परिस्थितिमा संयुक्त राष्ट्रसङ्घले ती देशहरूको सरकारसँग नजिकबाट समन्वय गर्दै राहत तथा उद्धारमा निरन्तर सहयोग गरिरहेको संयुक्त राष्ट्र महासचिवका प्रवक्ता स्टेफान दुजारिकले जानकारी दिए ।उनका अनुसार श्रीलङ्कामा संयुक्त राष्ट्रसङ्घ र साझेदार संस्थाहरूले सरकार नेतृत्वको उद्धार र क्षति मूल्याङ्कनमा सक्रिय साथ दिएका छन् । प्रभावित क्षेत्रमा खाद्यान्न, सरसफाइ सामग्री, भान्सा सम्बन्धी आवश्यक सामान, पानीका ट्याँकी लगायतका आपत्कालीन सामग्री पु¥याइएको छ, साथै विस्तृत क्षति मूल्याङ्कन र प्रारम्भिक पुनःस्थापनाका कामहरू पनि अघि बढाइएका छन् ।

    images
    images

    भियतनामका सबैभन्दा बढी प्रभावित क्षेत्रहरूका लागि संयुक्त राष्ट्र आकस्मिक राहत समन्वयकर्ता टम फलेट्चरले संयुक्त राष्ट्र आकस्मिक राहत कोषबाट २६ लाख डलर बराबरको रकम छुट्याएका छन् ।यस सहयोगले बसोबास, खानेपानी, सरसफाइ र खाद्य सुरक्षासम्बन्धी कार्यहरू मजबुत बनाउनेछ, जसले सरकारी प्रयासलाई थप प्रभावकारी बनाउने प्रवक्ताले बताए ।इन्डोनेसियामा आचे क्षेत्र भीषण बाढीले थलिएको अवस्थामा सरकारको नेतृत्वमा भइरहेको राहत कार्यलाई चुनौतीपूर्ण भौगोलिक अवस्थाका बाबजुद निरन्तर अघि बढाइएको छ । त्यहाँ संयुक्त राष्ट्रसंघले स्वास्थ्य, खानेपानी, सरसफाइ र रसद व्यवस्थापनमा सरकारसँग समन्वय गरी सहयोग गरिरहेको छ ।

    संयुक्त राष्ट्रसङ्घले प्रभावित क्षेत्रहरूमा भइरहेको अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको र आवश्यकताअनुसार सम्बन्धित देशका सरकारी निकायहरूसँग निरन्तर समन्वय जारी राख्ने जनाएको छ ।अविरल वर्षा र उष्णकटिबन्धीय चक्रवातका कारण दक्षिण तथा दक्षिणपूर्व एसियाका श्रीलङ्का, इन्डोनेसिया, थाइल्यान्ड, भियतनाम र मलेसिया सहितका देशहरू यस वर्ष दशककै सबैभन्दा ठूलो बाढी–पहिरो प्रकोपबाट प्रभावित बनेका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend