images

२०८३ आश्विन १९ गते

images
images
images

आज गोलभेँडाको मूल्य ७ प्रतिशतले घट्यो

आज गोलभेँडाको मूल्य ७ प्रतिशतले घट्यो

images
images
बिहिवार, मंसिर १८ २०८२
बिहिवार, मंसिर १८ २०८२
  • काठमाडौँ । आज पनि गोलभेँडाको मूल्य घटेको छ । कालीमाटी तरकारी बजार विकास समितिले सार्वजनिक गरेको  मूल्य विवरणअनुसार गाेलभेँडा १ दिनमै ७ प्रतिशतसम्म घटेको छ । हिजो (बुधबार) ९ प्रतिशतसम्म घटेको थियो ।हिजोको तुलनामा बिहीबार (आज) कालीमाटी तरकारी बजारमा भारतीय सानो गोलभेँडा ७.२७ प्रतिशतले घटेर प्रतिकिलो औसत ७१.४० रुपैयाँ रहेको छ । 

    images
    images

    हिजो गोलभेँडाकाे औसत मूल्य प्रतिकिलो ७७ रुपैयाँ थियो । यस्तै सानो लोकल गोलभेँडाको मूल्य पनि ७.८१ प्रतिशतले घटेको छ । हिजो ८० रुपैयाँ औसत मूल्य रहेको उक्त गोलभेँडा आज ७३.७५ रुपैयाँ औसत मूल्य कायम छ । भारतीय ठुलो गोलभेँडा ४.५५ प्रतिशत घटेको छ । हिजो प्रतिकिलो ११० औसत मूल्य रहेको उक्त गोलभेँडा आज १०५ रुपैयाँ कायम छ । सानो तराई गोलभेँडा १.४५ प्रतिशतले घटेर प्रतिकिलो ९५ रुपैयाँ औसत मूल्य रहेको छ  । हिजो यो गोलभेँडा प्रतिकिलो ९६.४० रुपैयाँ औसत मूल्य रहेको थियो । नेपाली ठुलो गोलभेँडा र सानो टनेल गोलभेँडाको मूल्य स्थिर रहेको छ । नेपाली ठुलो गोलभेँडा प्रतिकिलो १०५ रुपैयाँ र सानो टनेल गोलभेँडा प्रतिकिलो ११० रुपैयाँ औसत मूल्य रहेको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend