images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • अब सवारी साधनलाई वातावरणमैत्री बनाउन इन्धन...

अब सवारी साधनलाई वातावरणमैत्री बनाउन इन्धन प्रणाली फेरबदल गर्न पाइने

अब सवारी साधनलाई वातावरणमैत्री बनाउन इन्धन प्रणाली फेरबदल गर्न पाइने

images
images
बुधवार, मंसिर १७ २०८२
बुधवार, मंसिर १७ २०८२
  • काठमाडौँ । सरकारले सवारी साधनको इन्धन प्रणालीमा परिवर्तन गरी वातावरणमैत्री बनाउन चाहनेहरूका लागि कानुनी बाटो खुला गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को केही प्रावधानमा तीन वर्षका लागि छुट दिने निर्णय गरेको हो । यो निर्णयसँगै अब परम्परागत इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय वा ऊर्जा दक्षतामूलक प्रणालीमा रूपान्तरण गर्न सकिने भएको छ ।

    images
    images

    यसअघि  ’सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा ३९ ले सवारी साधनको मौलिक स्वरूप र यान्त्रिक संरचना परिवर्तनमा कडाइ गरेको थियो ।  सोही दफाको उपदफा (२) मा रहेको प्रतिबन्धात्मक वाक्यांशले सवारी साधन निर्माण हुँदाको स्वरूप, इन्जिन वा चेसिसमा हेरफेर हुने गरी स्वीकृति नदिने व्यवस्था गरेको थियो । यही कानुनी प्रावधानका कारण पेट्रोल वा डिजेलबाट चल्ने सवारीलाई विद्युतीय वा अन्य वैकल्पिक ऊर्जा प्रणालीमा रूपान्तरण गर्न कानुनी अड्चन रहँदै आएको थियो । पुरानो व्यवस्थाले सवारीको इन्जिन नै फेर्ने गरी हुने कुनै पनि परिवर्तनलाई पूर्ण रूपमा निषेध गरेको थियो ।

    तर सरकारले सोही ऐनको दफा १७६ ले दिएको ‘बाधा अड्काउ फुकाउने’ अधिकार प्रयोग गर्दै पुरानो प्रतिबन्धात्मक व्यवस्थालाई खुकुलो बनाएको छ । राजपत्रमा प्रकाशित सूचना अनुसार अब ‘इन्धन प्रणालीमा वातावरणमैत्री वा ऊर्जा दक्षतामूलक फेरबदल गरिने सवारी साधनको हकमा’ दफा ३९ को उपदफा (२) को प्रतिबन्ध तीन वर्षसम्म लागू हुने छैन । यसको अर्थ यदि कोही सवारी धनीले आफ्नो सवारीलाई वातावरणमैत्री बनाउन चाहन्छ भने उसले इन्जिन वा इन्धन प्रणाली फेरबदल गर्न कानुनी अनुमति पाउने राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend