images

२०८३ आश्विन २० गते

images
images
images

बेनीकोटमा उत्पादित सुन्तला ढुवानीमा समस्या

बेनीकोटमा उत्पादित सुन्तला ढुवानीमा समस्या

images
images
बुधवार, मंसिर १७ २०८२
बुधवार, मंसिर १७ २०८२
  • तनहुँ। जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेनीकोटको सुन्तला बजारीकरणमा समस्या भएको छ । भिरालो सडक भएकाले स्तरोन्नति नहुँदा सुन्तला बजारीकरणका लागि ढुवानी जोखिमपूर्ण हुने गरेको हो । सुनकोटका रूपमा परिचित बेनिकोटबाट अहिले दिनहुँ पाँच गाडी सुन्तला जिल्लाबाट बाहिरिने गरेको स्थानीय कृषक लेखबहादुर थापाले बताए। जोखिमपुर्ण बाटो भएकाले जुनसुकै बेला पनि दुर्घटना हुनसक्ने खतरा उत्तिकै रहेको उनको भनाइ छ ।

    images
    images

    उनले भने, ‘यहाँ सुन्तलाका बोट नभएका घर छैनन् । एक घरमा कम्तिमा २० बोटदेखि बढीमा आठ सय बोटसम्म लगाएर व्यवसायिक रूपमा खेती गर्दै आएका छन् ।’यतिबेला सुन्तला किनबेचका लागि गाउँमा ठेकेदार पुगेर खरिद गरी गाडीमार्फत काठमाण्डौँ, चितवन, पोखरासम्म ढुवानी गरिरहेका थापाले बताए।मङ्सिरको पहिलो सातासम्म किसान धान भित्र्याउन व्यवस्था भएकाले यतिबेला करोडौँको सुन्तला बिक्री व्यस्त देखिन थालेका छन् । कृषक फलबहादुर थापाले सबैभन्दा बढी १६ लाख ५० हजारको सुन्तला बेचेको बताए। उनी सोही वडास्थित सिद्धबेनी माविका पूर्वशिक्षक पनि छन् ।  

    स्थानीय तारा थापाले यस वर्ष तीन लाख ८० हजार र कालबहादुर रानाले रु चार लाखको सुन्तला बेचेको जानकारी दिए । सुन्तला खरिद गर्न ठेकेदार गाउँमा पुग्ने गरेकाले केही सहज भएको उनीहरूको भनाइ छ । ‘सुन्तलाको मोलमोलाइ गरेपछि बोट किन्ने प्रचलन छ । मूल्य कायम भएपछि सम्बन्धित ठेकेदारले फल टिप्ने र ढुवानी गरेर लैजाने हुँदा बिक्रीमा सहज भएको छ’, ताराले भने।स्थानीय कृषक मनसिंह थापाले दुई लाख १० हजारको सुन्तला बेचेका छन्  । सुन्तला खेतीगर्न थालेपछि बारीमा बर्सेनि बिरुवा विस्तार गर्न थालेको उनले बताए। दिनबहादुर थापाले तीन लाखको सुन्तला बेचे। घरमा फल खरिद गर्ने व्यापारी आउने भएकाले बिक्री तथा ढुवानीको समस्या नभएको उनको भनाइ छ । 

    images
    images

    ‘सडक असहज हुँदा खरिदकर्ताले गुनासो गर्ने गरेका छन्’, उनले भने, ‘सडकका कारण खरिदकर्ताले ढुवानीमा कठिनाइ भोग्नु परेको छ ।’ यसवर्ष यहाँका अधिकांश सुन्तलाका बोटमा रोग लागेकाले उत्पादनमा कमी आएको कोटगाउँका दीपक थापाले बताए। उनले भने, ‘पुराना र रोगी बिरुवा हटाएर नयाँ बिरुवा लगाउने योजना बनाएको छु ।’बेनीकोटका स्थानीयले यस वर्ष दुई करोड बढी सुन्तलाबाट आम्दानी गरेका छन् । सुन्तलाखेतीको रूपमा परिचित यो स्थान सदरमुकाम दमौलीबाट सात किलोमिटरको दूरीमा पर्दछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend