images

२०८३ आश्विन १८ गते

images
images
images

दुसित थानी रिसोर्टले एकै वर्ष गर्‍यो साढे १८ करोड रुपैयाँको व्यापार

दुसित थानी रिसोर्टले एकै वर्ष गर्‍यो साढे १८ करोड रुपैयाँको व्यापार

images
images
मंगलवार, मंसिर १६ २०८२
मंगलवार, मंसिर १६ २०८२
  • काठमाडौं । धुलिखेलमा रहेको दुसित थानी हिमालयन रिसोर्टले एकै वर्ष साढे १८ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आवमा १८ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो ।कम्पनीले सन् २०२४ मा १२ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०१४ मा ओमस्टोन होटल नाममा दर्ता भएको कम्पनीले धुलिखेलमा पाँच तारे रिसोर्ट सञ्चालन गर्दै आएको छ ।

    images
    images

    कम्पनीले अन्तर्राष्ट्रिय ब्रान्ड दुसित थानीसँग व्यवस्थापनका लागि सम्झौता गरेको छ । धुलिखेलको रिसोर्ट सन् २०२३ को जुलाईबाट २८ वटा कोठाको सुविधासहित सञ्चालनमा ल्याएको थियो ।कम्पनीले सन् २०२४ को अप्रिलबाट १८ वटा भिल्ला सञ्चालनमा ल्याएको थियो। साथै कम्पनीले सन् २०२५ को मार्चबाट भने ५४ वटा कोठा र १८ भिल्लाका साथ पूर्णक्षमतामा सञ्चालनमा ल्याएको थियो । कम्पनीले रिसोर्टमा ४ करोड ३० लाख रुपैयाँ खर्च गरेर लक्जरियस कोठाको निर्माण गरेको छ ।

    सुरुमा कम्पनीले प्रतिकोठा निर्माणका लागि २ करोड ६० लाख रुपैयाँ अनुमान गरेको थियो ।कम्पनीले प्रतिदिन कोठाको मूल्य १९ हजार रुपैयाँ तोकेको छ । कम्पनीले प्राथमिक सेयर निष्काशन (आइपीओ) ल्याउने तयारी गरेको छ ।कम्पनीमा विष्णु मोर, राधिका भेजिटेबल आयाल, राजेन्द्रकुमार काब्रा, आशिषकुमार गोयल र रमेश हमालको स्वात्व छ ।कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ५६ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend