काठमाडौँ । मंसिर १६, सरकारले आगामी माघ १ गतेदेखि ५ लाख रुपैयाँभन्दा बढीको नगद कारोबार निषेध गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार अब एकपटकमा ५ लाख रुपैयाँसम्मको वस्तु वा सेवाको कारोबार मात्र नगदमा गर्न सकिने व्यवस्था लागू हुँदैछ।
यसभन्दा बढी मूल्यको कुनै पनि वस्तु वा सेवा खरिद–बिक्री तथा अन्य वित्तीय कारोबार बैंक तथा वित्तीय संस्था मार्फत मात्र गर्नुपर्नेछ। बैंकिङ चेक, भौचर, अनलाइन ट्रान्जेक्सन, मोबाइल बैंकिङ, कार्ड जस्ता बैंकिङ उपकरणको प्रयोग अनिवार्य हुने सरकारको भनाइ छ।
सञ्चालित नियम अनुसार कारोबार पारदर्शी बनाउने, कर छली रोक्ने तथा वित्तीय प्रणालीलाई औपचारिक क्षेत्रतर्फ धकेल्ने उद्देश्य रहेको सरकारले जनाएको छ।
सरकारी व्यवस्था माघ १ गतेदेखि देशभर लागू हुनेछ।




.gif)





