images

२०८३ आश्विन १८ गते

images
images
images

जाडोमा सुन्तला खाँदा के हुन्छ ?

जाडोमा सुन्तला खाँदा के हुन्छ ?

images
images
बुधवार, मंसिर १० २०८२
बुधवार, मंसिर १० २०८२
  • हिउँदका चिसा र छोटा दिन सुरु भएका छन्। रसिलो फल सुन्तलाको सिजन पनि सुरु भएको छ। हिउँदमा स्वास्थ्यको रेखदेख गर्नु चुनौती मानिन्छ।यसमा मौसमी फल सुन्तलाले ठूलो सहयोग पु¥याउने पोषणविदहरुको भनाइ छ।

    images
    images

    हरेक दिन एउटा सुन्तला खानुको फाइदा तपाईंलाई थाहा छ त?

    हरेक दिन सुन्तला खाँदा हाम्रो शरीरलाई चाहिने भिटामिन सी प्राप्त हुनुका साथै यसले प्रतिरक्षा प्रणाली बलियो बनाउँछ। जसरी सर्दी र रुघामर्कीजस्ता समस्याबाट जोगाउन भूमिका खेल्छ।सुन्तलामा एन्टिअक्सिडेन्ट, फाइबरका साथै अनेक भिटामिन र खनिज हुन्छ। जसले समग्र स्वास्थ्यलाई फाइदा पु¥याउँछ।त्यस्तै, नियमित सुन्तला खाँदा पानीको कमी पूरा हुनुका साथै छालाको स्वास्थ्यमा पनि फाइदा पुग्छ।

    images
    images

    यसका अलावा सुन्तलामा हुने फाइबरले रगतमा चिनीको मात्रा ठिक राख्न पनि मद्दत गर्छ। त्यसैले मधुमेहका बिरामीले पनि सुन्तला खानु फाइदाजनक छ।के सुन्तलाका बेफाइदा पनि छन् तरु सामान्यतः सुन्तला सेवन राम्रो भए पनि अत्यधिक खाँदा यसमा भएको फाइबरले पाचन प्रक्रियामा गडबडी गर्न पनि सक्छ।

    त्यस्तै, यसमा पोटासियम हुनाले मिर्गौला रोगीहरुले धेरै सुन्तला खानु हुँदैन। अत्यधिक सुन्तला सेवनले कसैकसैको दाँतमा समस्या ल्याउन पनि सक्छ। त्यस्तो समस्या आए चिकित्सकको सल्लाह लिनुपर्छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend