images

२०८३ कार्तिक ५ गते

images
images
images
  • बैंक वित्त
  • बुध्द एयरको टिकटमा मुक्तिनाथ विकास बैंकका...

बुध्द एयरको टिकटमा मुक्तिनाथ विकास बैंकका ग्राहकलाई विशेष छुट

बुध्द एयरको टिकटमा मुक्तिनाथ विकास बैंकका ग्राहकलाई विशेष छुट

images
images
बिहिवार, भाद्र २७ २०८१
बिहिवार, भाद्र २७ २०८१
  • काठमाडौं । मुक्तिनाथ विकास बैंकका कर्मचारी र ग्राहकलाई बुद्ध एयरले टिकटमा छुट दिने भएको छ। दुई पक्षबीच भएको सम्झौता अनुसार बैंकका कर्मचारी र ग्राहकहरुले बुध्दको हवाई टिकट खरिद गर्दा
    ८ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

    images
    images

    सम्झौतामा बैंकको तर्फबाट बैंकका मार्केटिङ विभाग प्रमुख विनय रत्न शाक्य र बुद्ध एयरको तर्फबाट मार्केटिङ सेल्सका निर्देशक रुपेश जोशीले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए ।

    उक्त सम्झौता बमोजिम अगामी दिनमा मुक्तिनाथ विकास बैंकको मोबाइल बैंकिङ तथा भिजा कार्ड प्रयोग गर्ने सबै ग्राहकहरुले बुद्ध एयरको टिकट काउन्टरबाट हवाई टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट पाउने छन् ।

    images
    images

    बुद्ध एयरका मार्केटिङ सेल्सका निर्देशक रुपेश जोशीले अब केही दिनभित्रमा बुद्ध एयरको मोबाइल एपबाट समेत यस्तो सुविधा लिनसक्ने व्यवस्था मिलाउने जानकारी दिए ।साथै, बैंकले नेपालमै टिक्न, सजिलो छ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरु ल्याएको छ।

    बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ कर्जा सेवाको लागि बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend