images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • सहकारी नियमन प्राधिकरणद्वारा सहकारी संस्थालाई दर्ता...

सहकारी नियमन प्राधिकरणद्वारा सहकारी संस्थालाई दर्ता हुन आह्वान

सहकारी नियमन प्राधिकरणद्वारा सहकारी संस्थालाई दर्ता हुन आह्वान

images
images
बुधवार, मंसिर १० २०८२
बुधवार, मंसिर १० २०८२
  • काठमाण्डौ  । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्था अब राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता हुनुपर्ने भएको छ । सहकारी संस्थाको नियमनका लागि स्थापना भएको प्राधिकरणले संस्थालाई दर्ता हुन आह्वान गरेको हो  ।सहकारी संस्थाहरू अनलाइनमार्फत प्राधिकरणमा दर्ता हुनुपर्नेछ । प्राधिकरणले ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड–०८२’ (पहिलो संशोधन) जारी गरेको छ । मापदण्डअनुसार सहकारी संस्था दर्ताका लागि प्राधिकरणले आज अनलाइन पोर्टल सार्वजनिक गर्ने भएको छ ।

    images
    images

    अनलाइन पोर्टल सार्वजनिक भएपछि सहकारी संस्थालाई दर्ताका लागि दिइएको अवधि गणना शुरू हुनेछ । दर्ताका लागि ६० दिनको म्याद रहेको छ । प्राधिकरणमा दर्ता गर्दा सहकारी संस्थाले शुल्क तिर्नुपर्नेछ ।

    जसअनुसार दुई करोड रुपैयाँसम्म कूल सम्पत्ति भएका सहकारीले एक हजार, दुई करोडभन्दा धेरै १० करोडसम्म तीन हजार, १० करोडभन्दा धेरै २५ करोडसम्म पाँच हजार, २५ करोडभन्दा धेरै ५० करोडसम्म सात हजार, ५० करोडभन्दा धेरै एक अर्बसम्म १० हजार र एक अर्बभन्दा बढी कूल सम्पत्ति भएका सहकारीले १५ हजार रुपैयाँ सञ्चालन इजाजतपत्र दस्तुर तिर्नुपर्नेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend