images

२०८३ आश्विन १६ गते

images
images
images

चार महिनामा सात खर्ब बराबरको वैदेशिक व्यापार, व्यापार घाटा पाँच खर्ब नाघ्यो

चार महिनामा सात खर्ब बराबरको वैदेशिक व्यापार, व्यापार घाटा पाँच खर्ब नाघ्यो

images
images
आइतवार, मंसिर ७ २०८२
आइतवार, मंसिर ७ २०८२
  • काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (साउनदेखि कार्तिकसम्म) को अवधिमा मुलुकको कुल वैदेशिक व्यापार २४.१८ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष (२०८१/८२) को सोही अवधिमा ५ खर्ब ६६ अर्बको व्यापार भएकोमा यस वर्ष बढेर ७ खर्ब २ अर्ब ९४ करोड ७० लाख रुपैयाँ पुगेको हो ।

    images
    images

    भन्सार विभागले आइतबार सार्वजनिक विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालबाट हुने निर्यात ७७.५१ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष (२०८१/८२) को सोही अवधिमा ५२ अर्ब ६७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा यस वर्ष बढेर ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ पुगेको छ । निर्यातमा देखिएको यो वृद्धि अर्थतन्त्रका लागि सकारात्मक संकेत हो ।निर्यातसँगै आयातमा पनि वृद्धि देखिएको छ । यो अवधिमा  ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यो गत आर्थिक वर्षको तुलनामा १८.७१ प्रतिशतले बढी हो । गत वर्षको यही अवधिमा ५ खर्ब १३ अर्ब ३८ करोडको आयात भएको थियो ।

    निर्यातमा ठूलो सुधार भए तापनि आयातको उच्च परिमाणका कारण मुलुकको व्यापार घाटा भने बढेको छ । विभागका अनुसार चार महिनामा व्यापार घाटा ५ खर्ब १५ अर्ब ९५ करोड ५४ लाख रुपैयाँ पुगेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ११.९९ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा मुलुकको व्यापार घाटा ७१ लाख रुपैयाँ रहेको विभागको तथ्यांकमा उल्लेख छ । 
    चार महिनाको वैदेशिक व्यापारको तथ्यांक संक्षेपमाः
    कुल वैदेशिक व्यापारः रु. ७ खर्ब २ अर्ब ९४ करोड
    कुल आयातः रु. ६ खर्ब ९ अर्ब ४५ करोड (१८.७१% वृद्धि)
    कुल निर्यातः रु. ९३ अर्ब ४९ करोड (७७.५१% वृद्धि)
    व्यापार घाटाः रु. ५ खर्ब १५ अर्ब ९५ करोड (११.९९% वृद्धि)

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend