images

२०८३ कार्तिक ५ गते

images
images
images

बैंकिङ प्रणालीबाट आज ४० अर्ब तरलता तान्दै केन्द्रीय बैंक

बैंकिङ प्रणालीबाट आज ४० अर्ब तरलता तान्दै केन्द्रीय बैंक

images
images
बुधवार, भाद्र २६ २०८१
बुधवार, भाद्र २६ २०८१
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रियसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब प्रशोचन गर्न लागेको हो । 

    images
    images

    २१ दिनका लागि प्रशोचन गर्न लागिएको तरलताका लागि आज नै सार्वजनिक बोलकबोल हुने र आज नै खरिद गरिने केन्द्रीय बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप संकलन बोलकबोलमा भाग लिन दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।

    पछिल्लो समय कर्जा मागमा संकुचन आउँदा बैंक तथा वित्त संस्थामा ७ खर्ब हाराहारी लगानी योग्य पुँजी (तरलता) थुप्रिन पुगेको छ । केन्द्रीय बैंकको पछिल्लो रिपोर्ट अनुसार भदौ २४ गतेसम्म ६४ खर्ब ८४ अर्ब निक्षेप संकलन गरेका बैंकहरुले ५२ खर्ब ५ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेका छन् ।

    images
    images

    निक्षेपको ठूलो रकम लगानी हुन नसकेपछि केन्द्रीय बैंकले निरन्तर निक्षेप संकल उपकरणको माध्ययमबाट तरलता प्रशोचन गरिरहेको छ । यसैको निरन्तरता पछिल्लो पटक केन्द्रीय बैंकले ४० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो । 

    बजारमा तरलता अभाव हुँदा केन्द्रीय बैंकले रिपोमार्फत तरलता प्रवाह गर्नेगर्छ भने यसको ठिक उल्टो पर्याप्त तरलता हुँदा रिभर्स रिपो अर्थात् निक्षेप संकलको माध्ययमबाट तरलता प्रशोचन गर्ने गर्छ ।  

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend