images

२०८३ आश्विन २० गते

images
images
images

बजारमा आउन थाल्यो नेपाली सुन्तला

बजारमा आउन थाल्यो नेपाली सुन्तला

images
images
मंगलवार, मंसिर २ २०८२
मंगलवार, मंसिर २ २०८२
  • बजारमा नेपाली सुन्तला आउन थालेको छ। अहिले बजारमा नेपाली सुन्तला प्रतिकिलो थोक मूल्य एक सयदेखि एक सय २५ रूपैयाँसम्म भएको नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका उपाध्यक्ष मेघनाथ चौलागाईंले जानकारी दिए।‘नेपाली सुन्तला आउन त तिहारलाई लक्षित गरेर किसानले बेलै नभइ कात्तिकमा नि ल्याउँछन्। तर तिहारपछि केही समय आउँदैन,’ उनले भने, ‘अब भने सुन्तलाको सिजन सुरू भयो।’ 

    images
    images

    उनका अनुसार गत वर्षकै मूल्य अनुसार यसवर्ष पनि सुन्तला बिक्री भइरहेको छ। अहिले विशेषगरी स्याङ्जा र म्याग्दीबाट धेरै सुन्तला आइरहेको छ। विस्तारै गोर्खा, सल्यान, पर्वतको लगायतका ठाउँबाट पनि आउनेछ। सुन्तलाको आपूर्ति बढी हुने बित्तिकै मूल्य घट्न थाल्ने उनको भनाइ छ। ‘अर्को सातातिर थोरै मूल्य घट्छ होला,’ उनले भने। 

    उनका अनुसार नेपाली सुन्तलाको सिजन सुरू भएसँगै भारतीय सुन्तला आउन कम भएको छ। ‘नेपाली सुन्तला आएपछि भारतीय सुन्तला बिक्दैन,’ उनले भने, ‘ग्राहकले नै नेपाली सुन्तला खोज्ने भएकाले व्यवसायीले भारतीय ल्याउँदैनन्।’ बजारमा मागसम्म नेपाली सुन्तला खान पाइने उनी बताउँछन्। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend