images

२०८३ आश्विन १६ गते

images
images
images
  • अटो
  • ९ महिनामा बिवाइडीको आम्दानी साढे ७९...

९ महिनामा बिवाइडीको आम्दानी साढे ७९ अर्ब डलर

९ महिनामा बिवाइडीको आम्दानी साढे ७९ अर्ब डलर

images
images
मंगलवार, मंसिर २ २०८२
मंगलवार, मंसिर २ २०८२
  • एजेन्सी। चिनियाँ इलेक्ट्रिक कार निर्माता बिवाइडीले सन् २०२५ को तेस्रो त्रैमाससम्मको उत्साहजनक वित्तीय विवरण सार्वजनिक गरेको छ। बिवाइडीले ९ महिनामा कुल आम्दानी ५६६.२७ अर्ब युआन (झन्डै ७९.५ अर्ब अमेरिकी डलर) पुर्याएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशत बढी हो।तेस्रो त्रैमासमा मात्र बिवाइडीले १९४.९९ अर्ब युआन (करिब २७.४ अर्ब डलर) आम्दानी गरेको छ। सोही अवधि अन्तर्गत खुद नाफा ७.८२ अर्ब युआन (करिब १.१० अर्ब डलर) पुगेको छ, जसमा दोस्रो त्रैमासको तुलनामा २३ प्रतिशत वृद्धि भएको छ।

    images
    images

    अनुसन्धान तथा विकासमा पनि कम्पनीले ठूलो लगानी गरेको छ। तेस्रो त्रैमासमा आर एण्ड डीमा ४३.७५ अर्ब युआन (करिब ६.१४ अर्ब डलर) खर्च गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३१ प्रतिशतले बढी हो। यो खर्च सोही अवधिको खुद नाफाभन्दा २३.३३ अर्ब युआनले बढी छ।विश्व बजारमा बिवाइडीको बिक्री निरन्तर बढिरहेको छ। नौ महिनामा कम्पनीले ३.२६ मिलियन (३२ लाख ६० हजार) सवारीसाधन बिक्री गरेको छ, जुन वर्ष अनुसार १८.६४ प्रतिशतले बढी हो । यसले वार्षिक ४.६ मिलियन युनिट बिक्री लक्ष्यको ७०.८७ प्रतिशत पूरा गरिसकेको छ।

    विदेशी बजारमा कम्पनीले उल्लेखनीय सफलता हासिल गरेको छ। जनवरीदेखि सेप्टेम्बरसम्म ७ लाख १ हजार ६०० युनिट आपूर्ति गर्दै बिवाइडीले अघिल्लो वर्षको तुलनामा १३२ प्रतिशत वृद्धि गरेको छ। बिवाइडीले आफ्नो बजार उपस्थितिलाई ११७ देश तथा क्षेत्रमा विस्तार गरेको छ। कुल निर्यात ७ लाख युनिट नाघेपछि कम्पनीले ‘विदेशी बिक्री दोब्बर’ लक्ष्य समयभन्दा अघि नै पूरा गरेको घोषणा गरेको छ।अक्टोबर ९ मा बिवाइडीले ब्राजिलस्थित कारखानामा आफ्नो १ करोड ४० लाखौँ (१४ मिलियन) नयाँ-ऊर्जा सवारी उत्पादन गरेको छ।  

    images
    images

    टोकियो मोटर शोमा कम्पनीले जापानका लागि विशेष रूपमा तयार गरिएको ‘बिवाइडी र्याक्को’ के कार सार्वजनिक गर्यो। साथै, जापानी बजारका लागि पहिलो प्लग-इन हाइब्रिड एसयूभी ‘सिलायोन ६ डीएम आई’ अनावरण गर्दै जापानमा ‘विद्युतीय र हाइब्रिड’ दुवै रणनीति सँगै अघि बढाइने संकेत दियो।यसैबीच, आपूर्तिकर्तालाई भुक्तानी समयसीमा छोट्याउनुपर्ने नियमअनुसार बिवाइडीले जुन महिनादेखि सबै भुक्तानी अवधि ६० दिनभित्र सीमित गर्ने नीति लागू गरेको छ।अन्तर्राष्ट्रिय लगानी बैंकहरूले बिवाइडीको भविष्यप्रति आशावादी भएको देखिन्छ। सिटीग्रुपले २०२५ मा कम्पनीको बिक्री ४.६७ मिलियन र २०२६ मा ५.३९ मिलियन पुग्ने अनुमान गरेको छ। कम्पनीको प्रिमियम ब्रान्ड विस्तार, अत्याधुनिक पीएजईभी प्रविधि, उत्पादनको बढ्दो दायरा र विदेशी बजार विस्तार प्रमुख वृद्धि कारकका रूपमा उल्लेख गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend