काठमाडौँ । आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले ९औँ बार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ ।
कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ९औँ वार्षिक साधारण सभा असोज १८ गते गर्ने निर्णय गरेको हो । सभा राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुने कम्पनीले जनाएको हो ।
सभामा आव २०८०/८१ सम्मको नाफाबाट कम्पनीको चुक्ता पूँजीको १८ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव पारित गर्ने, ञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८०/८१ को कम्पनीको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।
यस्तै, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात र २०८० साउन १ गतेदेखि २०८१ असार ३१ गतेसम्मको नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र आव २०८१/८२ को वाह्य लेखापरीक्षणको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।




.gif)





