काठमाडौँ । कार्तिक २८ गते, बिहीबार नेपालमा हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।
आज कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने देशका अन्य भागमा मौसम खुला र सफा रहने सम्भावना छ।
मौसमविद्हरूका अनुसार आगामी २४ घण्टासम्म कुनै महत्वपूर्ण वर्षा प्रणालीको विकास नहुने अनुमान गरिएको छ।




.gif)





