images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा,...

प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन पेश गर्नुपर्ने

प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन पेश गर्नुपर्ने

images
images
मंगलवार, भाद्र २५ २०८१
मंगलवार, भाद्र २५ २०८१
  • काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । 

    images
    images

    बैंकले एक सूचना जारी गर्दै बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न ईच्छा राखी निवेदन पेश गरे अनुासर शेयर बिक्री गर्न लागेको बताएको छ । बैंकले हाल संस्थापक शेयरधनीहरूले नै किन्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।

    सो शेयर किन्न चाहने शेयरधनीले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । साथै बिक्री गर्ने संस्थापकको नाम र बिक्री मूल्यका सम्बन्धमा पनि कम्पनी सचिवबाटै जानकारी लिन सकिने जनाइएको छ ।

    images
    images

    बैंकले तोकेको ३५ दिनभित्र पनि बैंकका संस्थापकहरूले सो शेयरमा निवेदन नदिएको खण्डमा अन्य व्यक्ति संस्था वा सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend