images

२०८३ आश्विन २० गते

images
images
images

बीमा नीतिमा कुमारी बैंकले गर्‍यो परिवर्तन

बीमा नीतिमा कुमारी बैंकले गर्‍यो परिवर्तन

images
images
अर्थ समाचार
मंगलवार, आषाढ २५ २०८१
अर्थ समाचार
मंगलवार, आषाढ २५ २०८१
  • काठमाडौँ - कुमारी बैंक लिमिटेडले आगामी साउन १ गतेदेखि लागू हुनेगरी ‘कुमारी परिवार सुरक्षा बचत खाता’मा प्रदान गर्दै आएको बमिा नीतिमा केहि परिवर्तन गरेको जनाएको छ ।

    images
    images

    परिवर्तित नयाँ नीति अनुसार अब साउन १ गतेपश्चात सम्पूर्ण खाताहरुमा ग्राहकहरुले स्वास्थ्य बीमा अन्तर्गत अस्पतलामा भर्ना भएरै उपचार गराएबापत बीमा दाबी गर्न पाउने रकम १ लाख हुने भएको छ भने अधिकतम सिमा प्रति बिल ४० हजारबाट बढाएर ५०हजार पुर्याइएको छ । 

    यसअघि स्वास्थ्य बीमाको जम्मा दाबी गर्न पाउने रकम १ लाख रुपैयाँ (अस्पतला भर्ना ८० हजार र ओपीडी उपचार २० हजार प्रतिवर्ष) थियो । अब ओपीडी उपचार खर्च भने पाइने छैन । साथै,अब दीर्घरोग लागेको खण्डमा खातावाल तथा खातावालको श्रीमान-श्रीमती समेतको १ लाख रुपैयाँसम्मको दाबी गर्न पाइने व्यवस्थालाई परिमार्जित गरि खातावालाहरुलाई लागेको दीर्घरोगको दाबी गर्न पाइने भएको छ ।  

    images
    images

    साउन १ गतेबाट खोलिएका नयाँ खातामा स्वत नयाँ नीति लागू हुने बैंकले जनाएको छ । साथै २०८१ असार ३१ गतेसम्म खोलिएका खाताहरु तथा उक्त मिति अगावै बीमा पोलिसी नविकरण भएको खण्डमा भने उक्त हालको बीमा पोलिसीको म्याद रहुन्जेलसम्म पुरानै नीति कायम रहनेछ । यद्यपी ग्राहकले पाउने कुल बीमा रकम २६ लाखमा भने कुनै परिवर्तन नगरिएको बैंकले जानकारी दिएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend