images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • मोदी इनर्जीको नोक्सानी बढ्यो, विद्युत बिक्री...

मोदी इनर्जीको नोक्सानी बढ्यो, विद्युत बिक्री आम्दानीमा गिरावट

मोदी इनर्जीको नोक्सानी बढ्यो, विद्युत बिक्री आम्दानीमा गिरावट

images
images
सोमवार, कार्तिक २४ २०८२
सोमवार, कार्तिक २४ २०८२
  • काठमाडौं।  मोदी इनर्जी लिमिटेडको खुद नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको नोक्सानी बढेको हो । गत आर्थिक वर्ष १ करोड ३१ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३ करोड ११ लाख रुपैयाँ नोक्सानीमा पुगेको छ।

    images
    images

    विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनीको नोक्सानी बढ्न पुगेको हो।समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १५ करोड ८२ लाख रुपैयाँबाट घटेर १० करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै, कम्पनीको कुल नाफा १४ करोड १७ लाख रुपैयाँबाट घटेर ८ करोड ९४ लाख रुपैयाँमा झरेको छ भने सञ्चालन मुनाफा १४ करोड २ लाख रुपैयाँबाट घटेर ८ करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च पनि २८।०७ प्रतिशत घटेको छ।

    चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६८ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ५९ रुपैयाँ ७९ पैसा रहेको छ। २ अर्ब ९० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष १ अर्ब १६ करोड रुपैयाँ ऋणात्मक छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend