images

२०८३ आश्विन १९ गते

images
images
images

‘शटडाउन’ का कारण अमेरिकामा १४०० भन्दा बढी उडान रद्द

‘शटडाउन’ का कारण अमेरिकामा १४०० भन्दा बढी उडान रद्द

images
images
आइतवार, कार्तिक २३ २०८२
आइतवार, कार्तिक २३ २०८२
  • वासिङ्टन डीसी । अमेरिकामा यतिबेला शटडाउन चलिरहेको छ । कंग्रेसमा रिपब्लिकन र डेमोक्रेटहरू खर्च विधेयक पारित गराउने विषयमा सहमतिमा पुग्न सकेका छैनन् । बजेट अभावमा यस वर्षको अक्टोबर १ देखि अमेरिका शटडाउनमा छ ।शटडाउनको अवस्थामा अत्यावश्यक बाहेक सबै सरकारी कामकाज ठप्प छन् । ट्राफिक कन्ट्रोलरको अभाव हुँदा देशभरका विमानस्थलमा उडान ढिलाइ वा रद्द हुने क्रम बढेको छ ।

    images
    images

    शनिबार अमेरिकामा १ हजार ४०० भन्दा बढी उडानहरू रद्द भएका छन् । फ्लाइट ट्र्याकरका अनुसार अरू ६ हजार उडानहरूमा ढिलाइ भएका छन् । शुक्रबार ७ हजार उडानमा ढिलाइ भएको थियो । हवाई ट्राफिक नियन्त्रकहरूले तलब बिनै काम गरिरहेको स्थिति भएकोले संघीय उड्डयन प्रशासन (एफएए)ले यस ह देशका ४० व्यस्त विमानस्थलहरूमा हवाई यात्रा क्षमता १०% ले घटाउने घोषणा गरेका थिए ।

    नियन्त्रक अभावले उडानमा उल्लेखनीय रूपमा असर गरेको छ । तलब नपाउने भएपछि केही हवाई ट्राफिक नियन्त्रकहरू कि बिरामी बिदामा बसेका छन् वा अन्यत्र काम गरिरहेका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend