images

२०८३ आश्विन १९ गते

images
images
images

त्रिभुवन विमानस्थल बन्द, धावनमार्गको बत्तीमा समस्या

त्रिभुवन विमानस्थल बन्द, धावनमार्गको बत्तीमा समस्या

images
images
शनिवार, कार्तिक २२ २०८२
शनिवार, कार्तिक २२ २०८२
  • काठमाडौँ । कात्तिक २२, धावनमार्गको बत्ती (रनवे लाइट)मा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ।
    विमानस्थलको धावनमार्गमा विद्युत सट (इलेक्ट्रिक शर्ट) हुँदा बत्ती काम नगरेको कारण आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडान स्थगित गरिएको हो।

    images
    images

    विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार प्राविधिक टोली अहिले समस्या समाधानको प्रयासमा जुटिरहेको छ।
    “अहिले प्राविधिकले हेर्दै छन्, हामी मर्मत गर्ने प्रयासमा छौँ। अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै उडान रोकिएका छन्,” उनले बताए।

    उनका अनुसार अन्तर्राष्ट्रिय उडानका जहाजलाई होल्डमा राखिएको छ भने आन्तरिक उडानका जहाजहरू विमानस्थलमै रोकिएका छन्।
    समस्या समाधान भएपछि मात्रै उडान सञ्चालन पुनः सुरु गरिने जनाइएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend