चितवन । भरतपुर महानगरपालिका–२९ स्थित चौकी डाँडा एग्रो फार्म एण्ड रिसर्च सेन्टरमा उत्पादन गरिएको ताजा सुन्तला अहिले बजार पठाउने तयारीमा छ। फार्मका किसानहरू अनुसार यस वर्षको उत्पादन गुणस्तरीय र अघिल्ला वर्षभन्दा बढी भएको छ।
फार्ममा जैविक प्रविधि प्रयोग गरेर उत्पादन गरिएको सुन्तलाले स्थानीय बजारमा राम्रो माग पाउने अपेक्षा गरिएको छ। उत्पादन तयारीसँगै पैकिङ र ढुवानीका कामहरू पनि तीव्र रूपमा भइरहेका छन्।
चौकी डाँडा क्षेत्र पछिल्ला वर्षहरूमा फलफूल उत्पादनका लागि पहिचान बन्दै गएको छ, जहाँ सुन्तलासँगै अन्य मौसमी फलफूलको व्यावसायिक खेती पनि विस्तार हुँदै गएको किसानहरूले बताएका छन्।




.gif)





