images

२०८३ आश्विन १९ गते

images
images
images

दिल्ली विमानस्थलमा प्राविधिक समास्या, सयौं उडानमा ढिलाई

दिल्ली विमानस्थलमा प्राविधिक समास्या, सयौं उडानमा ढिलाई

images
images
शुक्रवार, कार्तिक २१ २०८२
शुक्रवार, कार्तिक २१ २०८२
  • काठमाडौँ । भारतको दिल्ली विमानस्थलमा प्राविधिक समास्या आएको छ ।भारतको विमानस्थल प्राधिकरणले अटोमेटिक म्यासेज स्विचिंग सिस्टममा समस्या आएको कारणले उडान हुन नसकेको जानकारी दिएको छ । यो सिस्टमलेएयर ट्राफिक कन्ट्रोलको डाटा प्रणालीलाई सहयोग गर्ने गर्दछ ।

    images
    images

    प्राधिकरणले भनेको छ- 'एयर ट्राफिक कन्ट्रोल डेटालाई समर्थन गर्ने स्वचालित सन्देश स्विचिङ प्रणालीमा प्राविधिक समस्याका कारण दिल्ली विमानस्थलमा उडान सञ्चालनमा ढिलाइ भइरहेको छ । नियन्त्रकहरूले उडान योजनाहरू म्यानुअल रूपमा उडान गराइरहेका छन्, जसले गर्दा केही ढिलाइ भइरहेको छ । प्राविधिक टोलीहरूले प्रणालीलाई सकेसम्म चाँडो पुनर्स्थापित गर्न काम गरिरहेका छन् ।'

    प्राविधिक समस्या पछि दिल्लीबाट उडान गर्ने १०० भन्दा बढी उडानहरु ढिला भएका छन् । भारतको राष्ट्रिय राजधानी क्षेत्रको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल देशको सबैभन्दा व्यस्त विमानस्थल हो, जसले दैनिक १५ सयभन्दा बढी उडानहरू ह्यान्डल गर्छ । यो प्राविधिक समस्याका कारण बिहीबार साँझदेखि हवाई ट्राफिक नियन्त्रकले म्यानुअल रूपमा उडानहरू गराइरहेको बताइएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend