images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • दसैं सुरु हुनुअघि नै सडकका खाल्डाखुल्डी...

दसैं सुरु हुनुअघि नै सडकका खाल्डाखुल्डी पुर्न मन्त्री दाहालको निर्देशन

दसैं सुरु हुनुअघि नै सडकका खाल्डाखुल्डी पुर्न मन्त्री दाहालको निर्देशन

images
images
आइतवार, भाद्र २३ २०८१
आइतवार, भाद्र २३ २०८१
  • काठमाडौं । दसैं सुरु हुनुअघि नै सडकका खाल्डाखुल्डी पुर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्देशन दिएका छन्। आइतबार मन्त्रालयमा आयोजित सरोकारवालाहरू बीचको छलफलमा मन्त्री दाहालले चाडपर्वको समयमा काठमाडौंबाट बाहिरिने यात्रुको चाप अत्यधिक हुने र त्यस्तो समयमा दुर्घटनाको समेत जोखिम उच्च हुने भएकाले खाल्डाखुल्डीहरू तत्काल पुर्न निर्देशन दिएका हुन्। 

    images
    images

    जोखिम रहेका स्थानहरूमा सडक सुरक्षाका पूर्वाधारहरू निर्माण र मर्मत गर्न निर्देशन दिँदै उनले सवारी नियम उल्लंघन नियन्त्रण, दुर्घटना भई हाले उद्धार र अस्पतालसम्म पुर्‍याउने व्यवस्थाका लागि नेपाल प्रहरीलाई पनि तयारी अवस्थामा रहन आग्रह गरेका छन्।  

    सडक सुरक्षाको दीर्घकालीन व्यवस्थापनका लागि नीतिगत र कानुनी व्यवस्था गर्न मन्त्रालयले अगुवाइ लिने भन्दै मन्त्री दाहालले सडक सुरक्षा परिषदलाई क्रियाशील र प्रभावकारी बनाइने जानकारी दिए। सुरक्षित सडक, चुस्त सवारी साधन, दक्ष चालक र सचेत यात्रुहरू भएमा मात्र सडक सुरक्षा कायम गर्न सकिने र यसका लागि तीनै तहका सरकार र सम्बद्ध निकायहरूबीच सहकार्यको खाँचो रहेकोमा उनको भनाइ थियो। 

    images
    images

    मन्त्रालयका सचिव केशवकुमार शर्माले चाडपर्वहरू नजिक आई रहेकाले सडक तथा सवारी सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि विशेष ध्यान दिन आवश्यक रहेको बताए। लामो दूरीका सवारी साधनमा अनिवार्य दुई जना चालक राख्ने, सवारी नियमको पालना गर्ने जस्ता कार्यलाई प्रभावकारी कार्यान्वयन गराउन उनले आग्रह गरे ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend