images

२०८३ आश्विन १९ गते

images
images
images

थाई एयरवेजद्वारा नेपालमा थ्री-क्लास एयर बस सञ्चालन

थाई एयरवेजद्वारा नेपालमा थ्री-क्लास एयर बस सञ्चालन

images
images
बुधवार, कार्तिक १९ २०८२
बुधवार, कार्तिक १९ २०८२
  • कार्तिक। थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड (THAI) ले थ्री-क्लासको सुविधासहित एयरबस A330-300 विमान सञ्चालनमा ल्याएको छ ।यो विमानले असोज १ गतेदेखि काठमाडौं–बैंकक मार्गमा थ्री(क्लास सुविधासहित सेवा दिन थालेको हो । यो रणनीतिक सुधारले नेपालको बजारमा पहिलो पटक प्रिमियम इकोनोमी प्लस, प्रिमियम इकोनोमी तथा इकोनोमी वर्गको विकल्प दिएको हो । जसले उडान भर्दै आएको बोइङ ७७७ (Boeing-777) अपरेसनलाई प्रतिस्थापन गरेको छ ।

    images
    images

    नेपालको यात्रु सेवा र अनुभवलाई अझै परिस्कृत बनाउन सधैँ प्रतिबद्ध रहेको थाइ एयरवेजले जनाएको छ । बैंकक र नेपालबीच यात्रुहरूलाई उच्चस्तरीय आरामदायी सुविधा ‘Smooth as Silk’ सहितको सेवा प्रदान गरिरहेको हो । कार्तिक ९ देखि थाइ एयरवेज इन्टरनेशनलले Airbus A330‑300 दैनिक दुई पटक काठमाडौंमा उडान भर्दै आइरहेको छ ।

    सुधार गरिएको विमान कन्फिग्रेसन र यात्रु अनुभव

    images
    images

    नयाँ Airbus A330-300 विमानमा कुल २६४ यात्रु राख्ने गरी तीन प्रकारका सेवा दिन थालिसकेको छ, जुन विविध यात्रुको प्राथमिकता तथा आवश्यकताहरु पूरा गर्न डिजाइन गरिएको हो ।

    प्रिमियम इकनोमी प्लस वर्ग: ३१ वटा प्रिमियम सीटहरु जसमा पूर्ण फ्ल्याट बेडहरु, प्रत्यक्ष आईसल पहुँच, र अधिक निजी वातावरण उपलब्ध छन्। लामो उडानका लागि एक अनुपम स्तरको आरामदायी अनुभव प्रदान गरिरहेको छ।

    प्रिमियम इकनोमी वर्ग: ४८ वटा ला आरामदायी सिट, खानाको विशेष सेवा तथा प्राथमिकतासँगै बोर्डिङ सुविधासहित इकनोमी र बिजनेसक्लासबीचको अन्तरलाई पूर्ति गर्ने नयाँ क्याबिनको समेत विकल्प छ।

    इकोनोमी वर्ग: कुल १८५ आरामदायी सीटहरु छन्। जसमा आधुनिक मनोरञ्जन प्रणाली, निःशुल्क खानाको सुविधा र चौकस केबिन कर्मचारी सेवाहरू उपलब्ध छन्। जुन यस एयरलाइन्सलाई क्षेत्रभरिका यात्रुहरुले रोजाइको विकल्प बनाउन सक्छन् ।

    रणनीतिक साझेदारी तथा बजार तयारी

    थाइ एयरवेज इन्टरनेशनल कम्पनी लिमिटेडले नेपालको लागि आफ्नो जेनरल सेल्स एजेन्ट (GSA) ले सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिससँग संयुक्त रुपमा व्यापक प्रशिक्षण सत्रहरू सञ्चालन गरेको थियो। यी प्रशिक्षण सत्रहरूमा यात्रा उद्योग साझेदारहरू Travelport‑Galileo नेपाल तथा Sabre नेपालसमेत सहभागी थिए। नेपालभरका यात्रा व्यवसायीकर्मीहरूलाई नयाँ विमान कन्फिग्रेसन र सेवा प्रस्तावहरूको जानकारीबारे पूर्ण रूपमा परिचित गराउने रणनीतिक पहलको मुख्य उद्देश्य हो । जसले गर्दा यात्रुलाई उनीहरूको आवश्यकता र प्राथमिकताअनुसार उपयुक्त यात्रा चयन गर्न उत्कृष्ट सल्लाह दिन सक्ने अवस्था सिर्जना भएको छ। थाइ एयरवेज इन्टरनेशनल र सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिस बीचको साझेदारीले नेपालमा यस एयरलाइन्सको उपस्थितिलाई अझ सुदृढ बनाउँदै आएको छ । उनीहरुबीचको सफल सहकार्यले २०२३ देखि सेवा पुनः सञ्चालन भएपछि कनेक्टिविटी र सेवा प्रवाह दुवैमा वृद्धि गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend