images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • सरकार स्टार्टअपहरूलाई ३ प्रतिशत ब्याजमा २०...

सरकार स्टार्टअपहरूलाई ३ प्रतिशत ब्याजमा २० लाखसम्म कर्जा दिदै

सरकार स्टार्टअपहरूलाई ३ प्रतिशत ब्याजमा २० लाखसम्म कर्जा दिदै

images
images
बुधवार, कार्तिक १९ २०८२
बुधवार, कार्तिक १९ २०८२
  • सरकारले स्टार्टअपहरूलाई ३ प्रतिशत ब्याजदरमा बिना धितो २० लाख रूपैयाँसम्म कर्जा दिने भएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले कर्जाका लागि परियोजना पेश गर्न आह्वान गरेको हो । नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टअप उद्यम कर्जा लिन इच्छुक उद्यमीले २१ दिनभित्र आवेदन दिन सक्ने छन् । 

    images
    images

    आर्थिक अभाव देखाउँदै सरकारले स्टार्टअपलाई दिने कर्जाको सीमा घटाएको छ । गत वर्षसम्म २५ लाखसम्म दिने गरिएको थियो तर यस वर्ष २० लाख सीमा तोकिएको छ । चालू आवका लागि यो कार्यक्रम शीर्षकका लागि ७३ करोड रुपैयाँ बजेट छ ।

    वस्तु वा सेवाको उत्पादनमा नवीन एवम् सिर्जनशील सोच र प्रविधिको उपयोग गरी उद्यम व्यवसायको रूपमा रूपान्तरण मार्फत उच्च वृद्धिको सम्भावना भएको, प्रविधिको अवलम्बन भएको, व्यवसाय दर्ता भएको मितिले दश वर्ष ननाघेको, दर्ता पछिको कुनै पनि आर्थिक वर्षमा वार्षिक कारोवार पन्ध्र करोड रुपैयाँ ननाघेको, सञ्चालित उद्यम व्यवसाय नगाभिई वा नटुक्रिई नयाँ उद्यम व्यवसाय गरेको जस्ता स्टार्टअपले कर्जाका लागि आवेदन दिन सक्ने छन् । परियोजना प्रस्ताव अनलाइनबाट पनि गर्न सकिने छ । साथै कर्जा बारे थप जानकारी स्टार्टअप उद्यम कर्जा कार्यविधिबाट लिन सकिने छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend