images

२०८३ आश्विन १७ गते

images
images
images
  • बैंक वित्त
  • नेपाल एसबिआई बैंकद्वारा पशुपति मन्दिर परिसर,...

नेपाल एसबिआई बैंकद्वारा पशुपति मन्दिर परिसर, कैलाश डाँडामा वृक्षारोपण कार्यक्रम

नेपाल एसबिआई बैंकद्वारा पशुपति मन्दिर परिसर, कैलाश डाँडामा वृक्षारोपण कार्यक्रम

images
images
मंगलवार, कार्तिक १८ २०८२
मंगलवार, कार्तिक १८ २०८२
  • काठमाडौँ ।  नेपाल एसबिआई बैंक लिमिटेडले पशुपति मन्दिर परिसर काठमाडौँमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वृक्षारोपण कार्यक्रम आयोजना गरेको थियो । सो अवसरमा नेपाल एसबिआई बैंकका अध्यक्ष, वेंकट वंसीधर कुंचाद्वारा पशुपति मन्दिर परिसरमा रहेको कैलाश डाँडामा वृक्षारोपणको  शुभारम्भ गरिएको थियो । 

    images
    images

    उक्त कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, राम कूमार तिवारी, सञ्चालक, रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत,  विकास आनन्द, प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा तथा बैंकका अन्य पदाधिकारीहरूको सहभागिता रहेको थियो । बैंकले यस पशुपति मन्दिर परिसरमा यस प्रकारका सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू समय समयमा गर्दै आएको छ ।

    नेपाल एसबिआई बैंकले बिगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend