images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • पोर्चुगलको फारोमा दूतावासको घुम्ती शिविर :...

पोर्चुगलको फारोमा दूतावासको घुम्ती शिविर : १२० जनाले भरे ई–पासपोर्टको आवेदन

पोर्चुगलको फारोमा दूतावासको घुम्ती शिविर : १२० जनाले भरे ई–पासपोर्टको आवेदन

images
images
मंगलवार, कार्तिक १८ २०८२
मंगलवार, कार्तिक १८ २०८२
  • लिस्बन। विद्युतीय राहदानी (ई–पासपोर्ट) बनाउनका लागि पोर्चुगलको फारोबाट १०० भन्दा बढी नेपालीले राहदानी आवेदन सङ्कलन गरेका छन्।लिस्बनस्थित नेपाली दूतावासको टोलीले अल्गार्भको फारोमा सञ्चालन गरेको राहदानी नवीकरण तथा कागजात प्रमाणीकरण (कन्सुलर सेवा) सम्बन्धी दुईदिने घुम्ती शिविरबाट १२० जना नेपालीको विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरिएको हो।

    images
    images

    शिविरबाट १२० जनाको राहदानी नवीकरण, २८ वटा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) र ३६ वटा अन्य कागजात प्रमाणीकरण गरी झन्डै २०० नेपालीलाई सेवा प्रदान गरिएको टोली प्रमुख एवं लिस्बनस्थित नेपाली दूतावासका प्रथम सचिव रामबाबु नेपालले जानकारी दिएका छन्।उनका अनुसार दुईदिने शिविरबाट १८ हजार ५१५ युरो (करिब ३० लाख २० हजार रुपैयाँ) राजस्व सङ्कलन भएको छ। अल्गार्भ क्षेत्रमा देखिएको राहदानीलगायतका कागजातसम्बन्धी समस्यालाई सम्बोधन गर्ने योजनाअनुरूप पहिलोपटक सञ्चालन गरिएको यो शिविरबाट नेपाली सेवाग्राही लाभान्वित भएको नेपालले बताए।

    शनिबार र आइतबार गरी दुई दिनसम्म सञ्चालन भएको शिविरमा राहदानीको म्याद सकिएका, म्याद एक वर्षभन्दा कम भएका, क्षति भएका, हराएका र बालबालिकाको विद्युतीय राहदानीका लागि आवेदन सङ्कलन गरिनुका साथै प्रहरी 'रिपोर्ट'लगायतका कागजात प्रमाणीकरणसम्बन्धी सेवा पनि प्रदान गरियो।शिविरमा लागोस, फारो, अल्बुफेइरा, पोर्टिमाओ, भिलामौरा, ताभिरालगायतका क्षेत्रमा बसोबास गर्ने नेपालीले सेवा लिएको दूतावासले जनाएको छ।पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले राहदानी नवीकरण तथा प्रहरी रिपोर्टलगायतका कागजात प्रमाणीकरणको समस्या भोगिरहेका अल्गार्भ क्षेत्रका नेपालीहरूको सहजताका लागि घुम्ती शिविरमार्फत सेवा प्रदान गरिएको बताए।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend