images

२०८३ आश्विन १९ गते

images
images
images

अनुमति नै नलिइ विदेशीलाई निषेधित क्षेत्रमा लैजाने एजेन्सीलाई कारबाही

अनुमति नै नलिइ विदेशीलाई निषेधित क्षेत्रमा लैजाने एजेन्सीलाई कारबाही

images
images
सोमवार, कार्तिक १७ २०८२
सोमवार, कार्तिक १७ २०८२
  • अनुमति नै नलिइ विदेशीलाई निषेधित क्षेत्रमा लैजाने एजेन्सीलाई कारबाही अध्यागमन विभागले कारबाही गरेको छ ।पदयात्रा अनुमति पत्रको अवधीभन्दा अगावै निषेधित क्षेत्रमा विदेशी नागरिकलाइ पदयात्रा गराउने कार्य गरेको मल्टि एड्भेञ्चर प्रालिलाई अध्यागमन विभागले कारवाही गरेको छ ।  

    images
    images

    यो एजेन्सीलाई अध्यागमन ऐन, २०४९ बमोजिम विभागले पहिलोपटकका लागि ४० हजार रुपैयाँ जरिवाना गरेको छ । कम्पनीले ताप्लेजुङको कञ्चनजंघा क्षेत्रमा विदेशी नागरिक जर्मनका मार्टिन श्रमनलाई लिएर गएको थियो ।  नेपाल सरकारले तोकेको निषेधित क्षेत्रमा पदयात्रा गर्नुअघि अध्यागमन विभागबाट पदयात्रा अनुमति पत्र लिनुपर्छ । अध्यागमन नियमावली, २०५१ मा पदयात्रा अनुमति लिइ पदयात्रा गर्नुपर्ने पदयात्रा क्षेत्रमा पदयात्रा गर्न चाहने विदेशीले एजेन्सीमार्फत् अध्यागमन विभागमा निवेदन दिनुपर्ने हुन्छ ।  

    यो कानूनी व्यवस्थाको विपरित पदयात्रा गराएको कसूरमा जर्मनका नागरिकलाई पदयात्रा भ्रमणमा लैजाने गरी कम्पनीले २५ अक्टोबरदेखि १० दिनको अनुमति लिएको थियो तर सो मितिको एक दिन अगाडि नै टोली कञ्चनजंघा क्षेत्रमा पुगेको थियो ।  त्यसभन्दा अगाडि नै विदेशी नागरिक लिएर कम्पनीको तर्फबाट ट्रेकिंग गाइड दाईला शेर्पा पदयात्रामा गएका थिए । शेर्पालाई कारवाही गर्न पर्यटन बोर्डमा समेत लेखी पठाइएको छ।  

    images
    images

    नेपालमा माथिल्लो मुस्ताङ, माथिल्लो डोल्पा, हुम्लाको सिमकोट, नाम्खा र चुंखेली, गोरखाको मनासलु क्षेत्र, कञ्चनजंघा, दोलखाको गौरीशंकर र लामाबगर क्षेत्र, किमाथांका, छेकम्पार र चुञ्चेत लगायतका १५ कजिल्लाका केही क्षेत्रलाइ सुरक्षा र सीमा संवेदनशीलताको आधारमा नेपाल सरकारले निषेधित क्षेत्र तोकेको अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend