images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • तीन महिनामा २ लाख जनाभन्दा धेरैले...

तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए

तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए

images
images
सोमवार, कार्तिक १७ २०८२
सोमवार, कार्तिक १७ २०८२
  • काठमाण्डाै ।  चालू आर्थिक वर्षको पहिलो तीन महिनामा दुई लाख १० हजार जनाभन्दा धेरैले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागकाअनुसार साउनदेखि असोज महिनासम्ममा दुई लाख १० हजार पाँच सय १६ जनाले श्रम स्वीकृति लिएका हुन् ।अघिल्लो आर्थिक वर्षको साउनदेखि असोजसम्ममा एक लाख ७० हजार छ सय तीन जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए । गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि संयुक्त अरब इमिरेटस (यूएई), साउदी, कतार, ओमान, बहाराइन, कुवेतमा नेपाली श्रमिक रोकिएको बताइए पनि ती देशमा जानेको संख्यामा कमी नआएको तथ्याङ्कले देखाएको छ ।

    images
    images

    असोजमा मात्रै युएईका लागि साढे १८ हजारले श्रम स्वीकृति लिएका विभागको तथ्याङ्क छ । कतारका लागि ११ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन् भने साउदीका लागि आठ हजार सात सय ९१ जनाले श्रम स्वीकृति लिएका छन् ।कुवेतका लागि चार हजार पाँच सय २३ जना छन् । आन्दोलनको प्रभाव अहिलेसम्म नदेखिए पनि दुबईले भिसा रोकेको र अरूले सुरक्षा चासो बढाएका कारण आउँदा दिनमा समस्या आउन सक्ने नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष भुवनसिंह गुरुङले बताउनुभयो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend