काठमाडौं । स्थानीय बजारमा रुख टमाटरको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आइतबार रुख टमाटरको मूल्य बढेको हो ।आज आइतबार रुख टमाटरको मूल्य प्रतिकिलो थोकमा औसत ३६ रुपैयाँ बढेको छ । हिजो शनिबार प्रतिकिलो थोकमा न्यूनतम ९० देखि अधिकतम १ सय १० र औसत १ सय रुपैयाँमा किनबेच भएको थियो ।
आज भने रुख टमाटरको मूल्य थोकमा किलोको न्यूनतम १ सय २० देखि अधिकतम १ सय ५० र औसत १ सय ३६ रुपैयाँ कायम छ ।यस्तै असोज अन्तिम साता भने कालीमाटी बजारमा रुख टमाटर प्रतिकिलो थोकमा न्यूनतम १ सय ७० देखि अधिकतम १ सय ९० रुपैयाँसम्म किनबेच भएको थियो ।




.gif)



