काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो।
यससँगै आइतबार फाइन (छापावाल) सुनको मूल्य तोलामा २ लाख ३९ हजार ७०० रुपैयाँ पुगेको छ। शुक्रबार सुनको मूल्य तोलामा २ लाख ३९ हजार रुपैयाँ थियो।
तर, चाँदीको मूल्य भने घटेको छ। शुक्रबार तोलामा ३ हजार ६० रुपैयाँ कायम भएको चाँदी आइतबार ५ रुपैयाँ घटेर ३ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढाव र विनिमय दरका कारण स्वदेशी बजारमा सुनचाँदीको मूल्यमा परिवर्तन देखिएको हो।




.gif)





