images

२०८३ आश्विन १६ गते

images
images
images

सरकारको सञ्चित कोष ऋणात्मक, नगद तथा बैंक मौज्दात रु ६५ अर्ब ८१ करोड २६ लाख

सरकारको सञ्चित कोष ऋणात्मक, नगद तथा बैंक मौज्दात रु ६५ अर्ब ८१ करोड २६ लाख

images
images
आइतवार, कार्तिक १६ २०८२
आइतवार, कार्तिक १६ २०८२
  • काठमाडौँ । कात्तिक १६, महालेखा नियन्त्रक कार्यालयले आर्थिक वर्ष २०८१।८२ का लागि सरकारको केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण बुझाएको छ। उक्त विवरणमा आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन र सम्पत्तिको एकीकृत वार्षिक विवरण समेत समावेश गरिएको छ।

    images
    images

    महालेखा नियन्त्रक शोभाकान्त पौडेलले अर्थमन्त्री रामेश्वर खनाललाई समग्र प्रतिवेदन बुझाउनु भएको हो।

    प्रतिवेदनअनुसार, आर्थिक वर्ष २०८१।८२ मा सरकारको सञ्चित कोष रु १ खर्ब ९६ अर्ब ३४ करोड ५९ लाखले ऋणात्मक रहेको छ। त्यस्तै, नगद अवस्था रु ३१ अर्ब ३४ करोड ६१ लाखले ऋणात्मक देखिएको छ।

    images
    images

    तर, विभिन्न कोषहरूको मौज्दात तथा एक्स्ट्रा बजेटरी निकायहरूको बाँकी मौज्दात रकमका आधारमा नगद तथा बैंक मौज्दात रु ६५ अर्ब ८१ करोड २६ लाखले धनात्मक रहेको प्रवक्ता लामिछानेले जानकारी दिनुभयो।

    महालेखा नियन्त्रक कार्यालयले उक्त प्रतिवेदनमार्फत सरकारको वित्तीय स्थिति, आन्तरिक लेखापरीक्षणको अवस्था र सम्पत्तिको अद्यावधिक विवरण प्रस्तुत गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend