काठमाडौँ । कार्तिक १५, देशका तीन विमानस्थलमा खराब मौसमका कारण उडान अवरुद्ध भएका छन्। बिहीबार देखि निरन्तर परिरहेको वर्षाले मौसम अनुकूल नहुँदा शनिबार भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा हुने सबै उडान स्थगित गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
पश्चिमी वायु र अरब सागरमा विकसित न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर मौसम अस्थिर बनेको हो। उक्त प्रणालीका कारण शुक्रबार देखि देशका मध्य र पूर्वी भागमा वर्षा भइरहेको छ भने केही स्थानमा मेघगर्जन सहितको वर्षा पनि भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम सुधार भएसँगै उडान सञ्चालनमा ल्याइने एअरलाइन स्रोतले जनाएको छ।




.gif)





