images

२०८३ आश्विन १९ गते

images
images
images

१४ जना पदयात्री मुस्ताङ मनाङ सरिबुङ पासमा तीन दिनदेखि सम्पर्क विहीन

१४ जना पदयात्री मुस्ताङ मनाङ सरिबुङ पासमा तीन दिनदेखि सम्पर्क विहीन

images
images
शनिवार, कार्तिक १५ २०८२
शनिवार, कार्तिक १५ २०८२
  • काठमाडौँ । मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय सरिबुङ पास क्षेत्रमा गएका १४ जना पदयात्री तीन दिनदेखि सम्पर्क विहीन भएका छन्।लोघेकर दामोदरकुण्ड–४ याराबाट दामोदरकुण्ड हुँदै सरिबुङ पास पार गरेर मनाङको फु गाउँतर्फ प्रस्थान गरेका ती पदयात्रीहरू मङ्गलबारदेखि सम्पर्कमा नरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो।

    images
    images

    सम्पर्क विहीन मध्ये तीन जना अष्ट्रियन नागरिक र ११ जना नेपाली पथप्रदर्शक रहेका छन्। चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको दामोदरकुण्ड क्षेत्र समुद्री सतह देखि करिब ६ हजार मिटर उचाइमा पर्छ, जहाँ हाल भारी हिमपात भइरहेको छ।

    प्रजिअ भुसालका अनुसार सम्पर्क विहीन पदयात्रीहरू दामोदरकुण्डस्थित तीर्थयात्री धर्मशालामा सुरक्षित हुनसक्ने अनुमान गरिएको छ। “धर्मशालामा खाने–बस्ने र आवश्यक सामग्रीको व्यवस्था भएकाले तत्काल कुनै जोखिम नहोला भन्ने आशा गरिएको छ,” उहाँले बताउनुभयो।

    images
    images

    सम्पर्क विहीन टोली हिमालय एडभेन्चर ट्राभल कम्पनी मार्फत पदयात्रामा निस्किएको हो। कम्पनीका व्यवस्थापक दीपक मैनालीका अनुसार उनीहरू दुई साताअघि काठमाडौँबाट मुस्ताङतर्फ प्रस्थान गरेका थिए।

    “हामीलाई आज बिहान मात्रै पथप्रदर्शकले फोन सम्पर्क गरेका थिए, तर प्रतिकूल मौसम र सञ्चार अवरोधका कारण राम्ररी कुराकानी हुन सकेन,” मैनालीले भन्नुभयो। “फोनको ‘ट्र्याकिङ’ गरेर स्थान पत्ता लगाउन गृहमन्त्रालयसँग अनुरोध गरेका छौँ।”

    गृह मन्त्रालयमा जानकारी गराइएका अनुसार, टोलीको ठेगाना पत्ता लाग्ने बित्तिकै उद्धारका लागि हेलिकप्टर पठाउने तयारी गरिएको छ। उक्त टोली सरिबुङ पास पार गरेर मनाङको फु गाउँ हुँदै चाँमे निस्किने योजनामा रहेको बताइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend