images

२०८३ आश्विन १९ गते

images
images
images

लाङटाङ तथा गोसाईंकुण्ड क्षेत्रमा हिमपात : पर्यटक उत्साहित

लाङटाङ तथा गोसाईंकुण्ड क्षेत्रमा हिमपात : पर्यटक उत्साहित

images
images
शुक्रवार, कार्तिक १४ २०८२
शुक्रवार, कार्तिक १४ २०८२
  • रसुवा । पर्यटकीयस्थलका रुपमा परिचित रसुवाको लाङटाङ तथा क्याङ्जेन क्षेत्रमा हल्का हिमपात भएसँगै पर्यटक रमाएका छन् । दुई दिनदेखि लगातार परेको वर्षापछि त्यस क्षेत्रमा हिमपात पर्दा घुम्न गएका पर्यटक रमाइरहेको देखिन्छ ।गोसाईंकुण्ड गाउँपालिका–४ का अध्यक्ष ढिण्डुप तामाङले अहिले लाङटाङ क्षेत्रमा ६० जना विदेशीसहित करिब १५० पर्यटक रोमाञ्चित बन्दै हिमपातको वातावरणबिच रमाइरहेको जानकारी दिए ।

    images
    images

    खाद्यान्नको जोहो पहिला नै भइसकेका कारण आगन्तुक पाउनालाई खान बस्न कुनै समस्या नभएको लाङटाङ पदमार्गका व्यवसायीले बताएका छन् ।यसैबिच मौसमसम्बन्धी विस्तृत जानकारी लिएर मात्र लाङटाङलगायत हिमाली भेगको पदमार्गमा यात्रा गर्न रसुवा जिल्ला विपद् व्यवस्थापन समितिले अनुरोध गरेको छ । हिमपातसँगै अत्यधिक चिसो हुने हुँदा न्यानो ज्याकेट, सुइटर, टाउजरलगायतका कपडा एवं हिमाली बुट जुत्ता लगाएर पदयात्रामा निस्कन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

    तपस्वी बाबा विजयका अनुसार  समुद्र सतहदेखि चार हजार ३०० मिटरको उचाइमा अवस्थित पवित्र तीर्थस्थल गोसाईंकुण्ड क्षेत्रमा अहिले छ इन्च बाक्लो हिमपात भएको भएको छ । गोसाईंकुण्ड जाने बाटोमा पर्ने लौरी विनायकसम्म हिमपात भएको र विशेषगरी आन्तरिक तथा धार्मिक  पर्यटकहरू त्यसक्षेत्रमा रमाइरहेको चन्दनबारीका पर्यटन व्यवसायी सुब्बा लामाले जानकारी दिए ।  

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend