images

२०८३ आश्विन १९ गते

images
images
images

पर्यटन विकासमा उत्कृष्ट कार्य गरेबापत अपिहिमाल गाउँपालिका सम्मानित

पर्यटन विकासमा उत्कृष्ट कार्य गरेबापत अपिहिमाल गाउँपालिका सम्मानित

images
images
शुक्रवार, कार्तिक १४ २०८२
शुक्रवार, कार्तिक १४ २०८२
  • कैलाली । सुदूरपश्चिमको दार्चुलामा रहेको अपिहिमाल गाउँपालिका सम्मानित भएको छ । पर्यटन विकासमा उत्कृष्ट कार्य गरेबापत पालिका राष्ट्रियस्तरमा सम्मानित भएको हो ।विश्व पर्यटन दिवसको अवसरमा नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अपिहिमाललाई देशभरका स्थानीय तहमध्ये पर्यटन विकासमा उत्कृष्ट पालिकाको रूपमा सम्मान गरेको हो ।शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहरालाई सम्मानपत्र हस्तान्तरण गरे । 

    images
    images

    विविध कारणले सेप्टेम्बर २७ मा आयोजित मुख्य समारोहमा उपस्थित हुन नसकेकाले मन्त्रालयले छुट्टै कार्यक्रम आयोजना गरी अध्यक्ष बोहरालाई सम्मानपत्र हस्तान्तरण गरेको हो ।गाउँपालिकाले पछिल्ला तीन वर्षमा पर्यटन विकासमा उल्लेखनीय प्रगति हासिल गरेको छ । आफ्नो ५ वर्षे आवधिक योजना, वार्षिक नीति तथा कार्यक्रम र १० वर्षे पर्यटन रणनीति अनुरूप अघि बढेको गाउँपालिकाले सुदूरपश्चिमको प्रमुख तथा देशकै सुन्दर गन्तव्यको रूपमा आफूलाई स्थापित गर्ने लक्ष्य लिएको छ ।यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारका विभिन्न निकायसँग सहकार्य गर्दै आएको गाउँपालिकाले जनाएको छ ।

    अपिहिमाल गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि योजनाबद्ध रूपमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले ‘अर्ग्यानिक अपि’अभियान मार्फत कृषि पर्यटनलाई विशेष जोड दिएको छ ।स्थानीय अर्ग्यानिक उत्पादनहरूलाई बजारसँग जोडेर स्थानीयको जीविकोपार्जनमा टेवा पुर्‍याइएको छ। यसका साथै, पदयात्रा पर्यटन ट्रेकिङ) र हिमाल आरोहणलाई पनि गाउँपालिकाले प्राथमिकतामा राखेको छ ।पर्यटन पूर्वाधार विकासमा समेत गाउँपालिकाले महत्त्वपूर्ण काम गरेको छ। नेपाल पर्यटन बोर्ड तथा युएनडिपीको जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनासँगको सहकार्यमा मकरीगाडमा पर्यटकीय सूचना केन्द्र स्थापना गरिएको छ ।यस केन्द्रले पर्यटकहरूलाई सूचना प्रदान गर्नुका साथै स्थानीय उत्पादनहरूको बिक्री वितरणमा पनि सहयोगपुर्‍याउनेछ ।

    images
    images

    गाउँपालिकाको पर्यटन विकासको यात्रामा विभिन्न सङ्घसंस्थाहरूले पनि हातेमालो गरेका छन्। नेपाल पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, ग्ल्म्ए, सुदूरपश्चिम प्रदेश पर्यटन ईकाई, नाटा सुदूरपश्चिम, टान, एनएमए, हान लगायतका संस्थाको सहयोग र सहकार्य महत्त्वपूर्ण रहेको गाउँपालिकाले जनाएको छ ।गाउँपालिकाले पर्यटनलाई स्थानीय युवाहरूका लागि रोजगारी सिर्जना गर्ने र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा समेत टेवा पुर्‍याउने माध्यमको रूपमा लिएको छ ।होमस्टे सञ्चालन, होटल व्यवसाय र कन्टेन्ट निर्माण जस्ता क्षेत्रमा स्थानीयहरू संलग्न हुँदै आएका छन् । यस सम्मानले अपिहिमाललाई ’अर्ग्यानिक र टुरिजम गाउँपालिका’ को रूपमा स्थापित गर्न थप प्रेरणा मिलेको अध्यक्ष बोहराले बताए ।अपिहिमालको पर्यटन सद्भावना दूतका रूपमा हिमालय भट्टले र काठमाडौँमा क्रियाशील पर्यटन व्यवसायीहरूले पनि यस क्षेत्रको प्रवर्द्धनमा विशेष योगदान पुर्‍याउँदै आएका छन् । 

    भविष्यमा अपिदेखि सैपाल हिमालसम्मको पर्यटन विकासको अवधारणालाई समेत अघि बढाइएको छ ।अपिहिमाल गाउँपालिकाले २०८० असोज १० गते (सेप्टेम्बर २७) विश्व पर्यटन दिवसकै दिन अपिहिमाल आधार शिविरमा सुदूरपश्चिमका तत्कालीन पर्यटन मन्त्री रमेश धामीको उपस्थितिमा पर्यटन भ्रमण वर्षको उद्घाटन गरेको थियो ।त्यसको ठिक दुई वर्षपछि सोही दिन राष्ट्रिय सम्मान प्राप्त हुनुलाई एक सुखद संयोगको रूपमा लिइएको अध्यक्ष बोहराले बताए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend