images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • मनास्लु क्षेत्रमा घाईते भएका पर्यटकको उद्धार...

मनास्लु क्षेत्रमा घाईते भएका पर्यटकको उद्धार हुन सकेन

मनास्लु क्षेत्रमा घाईते भएका पर्यटकको उद्धार हुन सकेन

images
images
शुक्रवार, कार्तिक १४ २०८२
शुक्रवार, कार्तिक १४ २०८२
  • गोरखा । बर्षा र हिमपातका कारण मनास्लु क्षेत्रमा भीरबाट खसेको ढुंगा लागेर गम्भीर घाइते भएका एक पर्यटकको दुईदिनदेखि उद्धार हुन सकेको छैन । चुमनुब्री १ सामागाउँबाट फर्कँदा ढुंगाले टाउकोमा लागेर सख्त घाइते भएका टोखा ६ काठमाडौंका मिनुइन्द्र लम्सालको उद्धार हुन नसकेको हो ।बिहीबार बिहान नौ बजेतिर सामागाउँबाट फर्कने क्रममा चुमनुब्री ४ बुर नजिकै भीरबाट खसेको ढुंगाले टाउकोमा लागेर ४४ वर्षीय लम्साल गम्भीर घाइते भएका हुन्। लम्साल सँगै विशाल लम्साल र दीपेन्द्र न्यौपाने पनि घाईते भएका छन् ।

    images
    images

    प्रतिकूल मौसमका कारण हेलिकोप्टर जान नसकेर उद्धार हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।उक्त ठाउँमा सडक सञ्जाल पुगेको छैन । लम्सालको टाउकोमा गम्भीर चोट लागेको छ। झन् मौसम नखुलेका कारण त्यहाँ जान जोखिम हुने भएकाले मान्छेले बोकेर ल्याउन नसकेको र प्रतिकूल मौसमका कारण हेलिकोप्टर बाट उद्दार गर्न पनि नसकिएको डीएसपी राजकुमार श्रेष्ठको भनाईू छ ।टाउकोमा गम्भिर चोट लागेकोले उनको बिही स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूले प्राथमिक उपचार गरिरहेको स्वास्थ्यकर्मी छिरिङ खाम्डो लामाले जानकारी दिएकी छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend