images

२०८३ आश्विन १९ गते

images
images
images

अन्नपूर्ण पदमार्ग मनाङमा एक साताका लागि पदयात्रा नगर्न आग्रह

अन्नपूर्ण पदमार्ग मनाङमा एक साताका लागि पदयात्रा नगर्न आग्रह

images
images
बिहिवार, कार्तिक १३ २०८२
बिहिवार, कार्तिक १३ २०८२
  • काठमाडौँ । जिल्ला प्रशासन कार्यालय मनाङले अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ क्षेत्रको पदयात्रामा एक साताका लागि रोक लगाएको छ।

    images
    images

    हालको हिमपात रोकिए पनि हिमपहिरो आउन सक्ने उच्च जोखिम कायम रहेकाले प्रशासनले पर्यटक तथा पदयात्रीलाई कम्तीमा एक सातासम्म पदयात्रा नगर्न आग्रह गरेको हो।

    प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार सोमबार राति देखिको हिमपातका कारण सडक अवरुद्ध भएको थियो। तर, डोजर प्रयोग गरी हिउँ पन्छ्याएपछि अहिले खाङसारसम्मको बाटो खुलाइएको छ।

    images
    images

    “हिउँ र पानी पर्न बन्द भए पनि पदयात्रा अहिल्यै सम्भव छैन,” उनले भने, “सडक खुलेको छ तर पदमार्गमा अझै जोखिम छ।”

    गत मङ्गलबार करिब १,५०० आन्तरिक तथा बाह्य पर्यटकलाई विभिन्न स्थानबाट उद्धार गरिएको थियो, जसमा करिब २०० विदेशी पर्यटक रहेका थिए। हिमपातका कारण तिलिचो आधारशिविरतर्फ गएका करिब ४०० पर्यटक तिलिचो पुग्न नसकी फर्किएका थिए।

    प्रशासनले मौसम सामान्य नहुँदासम्म अनावश्यक रूपमा उच्च हिमाली क्षेत्रमा नजान सबैलाई आग्रह गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend