images

२०८३ आश्विन १९ गते

images
images
images

आन्तरिक–बाह्य पर्यटकको घुइँचो लाग्दा रारातालमा राजस्वमा वृद्धि

आन्तरिक–बाह्य पर्यटकको घुइँचो लाग्दा रारातालमा राजस्वमा वृद्धि

images
images
बुधवार, कार्तिक १२ २०८२
बुधवार, कार्तिक १२ २०८२
  • मुगु । दशैं–तिहार सकिनासाथ कर्णाली प्रदेशको मुगुमा अवस्थित प्रसिद्ध राराताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ । देशकै सबैभन्दा ठूलो र गहिरो ताल मानिने राराताल कर्णालीको पर्यटन मुटुका रूपमा परिचित छ ।रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार साउनदेखि असोज महिनासम्म मात्र २ हजार ३४७ जना आन्तरिक तथा २७ जना बाह्य पर्यटक रारा पुगेका छन् । सोहि अवधिमा प्रवेश शुल्कबाट मात्र २ लाख २९ हजार २ सय रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । गत वर्ष सोही अवधिमा १६५७ आन्तरिक र ३५३ विदेशी पर्यटकले भ्रमण गर्दा २८ लाख ५३ हजार ९ सय राजस्व संकलन भएको थियो ।

    images
    images

    निकुञ्जका वरिष्ठ गेम स्काउट हेमराज रोकायाका अनुसार पछिल्लो समय दैनिक ५० देखि २०० सम्म पर्यटक आउने क्रम बढेको छ । सडक पहुँच सुधार, रारासहित आसपासका क्षेत्रमा व्यवस्थित होटल तथा होमस्टे सञ्चालनले पर्यटक आकर्षण बढाएको उनले बताए । काठमाडौं बुढानिलकण्ठ–१० का पर्यटक राजु राई रारा पुगेपछि बाटोको थकानै बिर्सिएको बताउँछन् ।“तीन दिनको गाडी यात्रा निकै गाह्रो लाग्यो।तर रारा देखेपछि सबै पीडा बिर्सिएँ।एकदिन बस्ने योजना भएपनि दृश्यले मोहित बनायो, थप एक दिन बस्ने मन लाग्यो,”उनले अनुभव सुनाए ।

    त्यस्तै, काठमाडौंबाट रारा घुम्न आएकी उषा अधिकारीले राराको प्राकृतिक सुन्दरताले आफू मोहित भएको बताउँदै राष्ट्रिय तथा स्थानीय निकायले भौतिक पूर्वाधारमा अझ ध्यान दिनुपर्ने माग राखिन् । “मर्मतगरिएकोबाटो, पर्यटकमैत्री संरचना थपिए रारामा बसाइ दिन बढ्छ,”अधिकारीले भनिन् ।भाद्र, असोज र कार्तिक महिनालाई रारा भ्रमणको उपयुक्त मौसम मानिन्छ । दशैं–तिहारताका मुग्लिन–नारायणघाट सडक बन्द भएपछि केही समय संख्या घटेको भए पनि अहिले दैनिक ५०–६० पर्यटक प्रत्येक होटलमा आउने गरेको होटल व्यवसायी बताउँछन् । एकै दिनमा ४ सयभन्दा बढी पर्यटक रारा पुगेको रेकर्ड पनि छ ।भ्रमणमा आएका पर्यटकले मुर्मा टप, चुचेमारा, चमेरा गुफा, महादेव मन्दिर, नीलिचौर, सल्यरी, छाप्रु महादेवलगायत आसपासका स्थान पनि अवलोकन गर्ने गरेका छन् । रारा राष्ट्रिय निकुञ्जले आगामी दिनमा पर्यटक आकर्षित गर्ने कार्यक्रम थप रूपमा सञ्चालन गरिने जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend