काठमाडौँ । कात्तिक ९, चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो तीन महिनामा नेपालले करिब ६७ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन देखि असोज मसान्तसम्म पेट्रोल, डिजेल र एलपी ग्यासको आयात उल्लेख्य रूपमा बढेको छ।
भन्सार विभागका अनुसार असोज मसान्त सम्म पेट्रोलको आयात १६ अर्ब ७८ करोड ८७ लाख रुपैयाँ, डिजेल २० अर्ब ६९ करोड ४५ लाख रुपैयाँ, र एलपी ग्यास १३ अर्ब ९८ करोड १९ लाख रुपैयाँ बराबर भएको छ। यसरी कुल मिलाएर करिब ६७ अर्ब रुपैयाँ बराबरको तेल र ग्यास आयात भएको विभागले जनाएको छ।
पेट्रोलियम पदार्थपछि जनावर तथा वनस्पति तेल दोस्रो सबैभन्दा बढी आयात हुने वस्तु बनेको छ। यस वस्तु समूहको आयात ४० अर्ब रुपैयाँभन्दा बढी रहेको छ। त्यस्तै, विद्युतीय सामग्री र तिनका पार्ट्सको आयात ३४ अर्ब रुपैयाँ बराबर, र फलाम तथा स्टिलजन्य पदार्थको आयात पनि करिब ३४ अर्ब रुपैयाँ रहेको छ।




.gif)





