काठमाडौँ । कात्तिक ९, तिहारपछि नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। तिहारअघि कात्तिक ३ गते तोलाको २ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बिदापछिको पहिलो कारोबार दिनमा २ लाख ४१ हजार ९०० रुपैयाँमा झरेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यसरी सुनको मूल्य तोलामा ११ हजार ६ सय रुपैयाँले घटेको हो।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। तिहारअघि तोलाको ३ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार १५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।




.gif)





