काठमाडौँ । कात्तिक ८, काठमाडौं महानगरपालिकाले यस वर्षको छठ पर्वलाई लक्षित गर्दै भक्तजनका लागि आठ वटा स्थान तोकेको जनाएको छ। महानगर प्रहरी बलको कार्यालय, सुन्धारामा आयोजित पत्रकार भेटघाटमा प्रहरी प्रमुख राजु पाण्डेले तयारीको अवस्था बारे जानकारी दिएका छन्।

उनका अनुसार, विगतका वर्षझैं यस वर्ष पनि महानगरपालिकाले श्रद्धालु भक्तजनलाई सहजताका साथ पूजाआजा गर्न सक्ने गरी तयारी अघि बढाएको छ। ‘विगतजस्तै काठमाडौं महानगरपालिकाले छठको लागि आठ स्थान तयार गरेको छ। ती स्थानहरूमा सरसफाइ देखि आवश्यक पूर्वाधार तयार गर्ने काम केही दिनअघि नै सुरु भइसकेको छ,’ उनले भने।
महानगरपालिकाले तय गरेका छठ पर्वका आठ स्थानः
१. कमल पोखरी,२. गौरीघाट,३. बोक्सी दह,४. बागमती दोभान,५. टंकेश्वर,६. बल्खु कुमारी क्लब,७. कुलेश्वर भलिबल ग्राउण्ड,८. रामघाट
प्रहरी प्रमुख पाण्डेले भक्तजनलाई ती तोकिएका स्थानहरूमा गई सहज र सुरक्षित रूपमा छठ पर्व मनाउन अनुरोध गरे। साथै, महानगर प्रहरी बलले भीड व्यवस्थापन, सरसफाइ र सुरक्षाका आवश्यक व्यवस्था मिलाइसकेको जानकारी समेत दिएका छन्।




.gif)





