काठमाडौँ । कार्तिक ७, देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशका पहाडी भू भागमा आंशिक बदली देखिएको छ भने बाँकी भू भागमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाले शुक्रबार साँझ आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गर्दै अधिकांश स्थानमा सामान्य मौसम रहने जनाएको छ। यद्यपि, पहाडी तथा हिमाली भू भागका केही स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको बताइएको छ।
कार्तिक ७ गते (शुक्रबार) रातिः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम सफा रहने अनुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।
कार्तिक ८ गते (शनिबार) दिउँसोः सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।
रातिः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्य रहनेछ।
कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।
कार्तिक ९ गते (आइतबार) दिउँसोः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ। रातिः देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाले आगामी तीन दिन सामान्य मौसम रहने भए पनि पहाडी हिमाली भूभागका बासिन्दालाई वर्षा वा हिमपातको सम्भावनाका कारण सतर्क रहन अनुरोध गरेको छ।




.gif)





