images

२०८३ आश्विन १६ गते

images
images
images

कोरला नाका हुँदै तीन अर्बभन्दा बढी राजस्व सङ्कलन

कोरला नाका हुँदै तीन अर्बभन्दा बढी राजस्व सङ्कलन

images
images
बुधवार, कार्तिक ५ २०८२
बुधवार, कार्तिक ५ २०८२
  • काठमाडौँ । कात्तिक ५, नेपाल चीन सीमास्थित कोरला नाकामा स्थापना गरिएको मुस्ताङ भन्सार कार्यालयले हालसम्म तीन अर्ब रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको छ। भन्सार कार्यालयका अनुसार गत भदौ ३१ गतेदेखि पूर्णरूपमा व्यापारिक नाका रूपमा सञ्चालनमा आएको कोरला नाकाबाट मङ्गलबारसम्म जम्मा रु ३ अर्ब १ करोड ४४ लाख ३६ हजार राजस्व संकलन गरिएको हो।

    images
    images

    भन्सार कार्यालयका प्रमुख रमेश खड्काका अनुसार चीनबाट आयात भएका सामानहरू भन्सार एजेन्ट मार्फत जाँचपास गरी नेपाल भित्र्याइँदै आएको छ। हालसम्म ६६४ वटा मालवाहक कन्टेनरको भन्सार प्रक्रिया सम्पन्न भई गन्तव्यतर्फ पठाइएको छ।

    चीनबाट आयात भएको ६५७ वटा कन्टेनरमा मुख्यतः दसैँ तिहार लक्षित रेडिमेड लत्ताकपडा, कस्मेटिक सामग्री र विद्युतीय सामानहरू रहेको जनाइएको छ। यता नेपालबाट चीनतर्फ ७ वटा कन्टेनर मार्फत हस्तकला सामग्री र नेपाली उत्पादनहरू निकासी गरिएको भन्सार कार्यालयले जनाएको छ।

    images
    images

    भन्सार प्रमुख खड्काका अनुसार कोरला नाकाको नियमित र व्यवस्थित सञ्चालनसँगै स्थानीय व्यापार तथा सरकारी राजस्व दुवैमा उल्लेखनीय वृद्धि देखिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend